सिटिजन्सका ६० कर्मचारीलाई सम्मान

सिटिजन्स बैंकले आफ्ना ६० कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरेको छ । बैंकले १० वर्ष र १५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरेको हो ।

बिज्ञापन

१७ वर्ष अगाडि २०६४ साल वैशाख ७ गते ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ यात्रा प्रारम्भ गरेको उक्त बैंकले अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीलाई यो पदकबाट सम्मान गरेको हो ।

बिज्ञापन

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले १० वर्ष सेवा प्रवाह गरेका ४५ जना र १५ वर्ष सेवा प्रवाह गरेका १५ जनासहित ६० जना कर्मचारीलाई क्रमशः १० ग्राम र १५ ग्राम स्वर्णपदक तथा प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका हुन् । बैंकमा हाल करिव १७ सय ८० कर्मचारीहरु कार्यरत रहेका छन् ।

बैंकले १९० वटा शाखा, १५३ वटा ए टि एम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३१ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बिशेष