अधिकृतको काज फिर्ता गर्न नमान्दा जनप्रतिनिधिबाटै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

माओवादी केन्द्र निकटका जनप्रतिनिधिको माग थियो शिक्षा अधिकृतको काज फिर्ता हुनुपर्ने तर प्रमुख प्रशासकीय अधिकृत उनीहरुको मागमा सहमत भएनन् । परिणामत तीन जना जनप्रतिनिधि एक कर्मचारीमाथि जाइलागे । उनीहरुको कुटपिटबाट कर्मचारीको टाउकोमा गम्भीर चोट लाग्यो । यस्तो घटना घटेको हो डडेलधुरामा ।

बिज्ञापन

हिजो बिहान डडेलधुरास्थित परशुराम नगरपालिकाको कार्यापालिकाको बैठकमा उपमेयरसहितका दुई वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेका थिए । हातपात र कुटपिटका कारण प्रमुख प्रशासकीय अधिकृत जोशीको टाउकोमा चोट लागेको र तीन टाँका नै लगाउनु परेको थियो । अधिकृत जोशीमाथि नगरपालिकाका उपमेयर विमलाकुमारी बोहोरा, वडा नम्बर ७ का वडाध्यक्ष कर्णबहादुर धामी, वडा नम्बर १ का अध्यक्ष लालबहादुर धामी लगायतको समूहले ज्यान मार्ने उद्देश्यले सुनियोजित हमला गरी गम्भीर घाइते बनाएको परशुराम नगरपालिकाका कर्मचारीहरूले विज्ञप्ती नै जारी गरेर यस्ता हर्कत गर्ने जनप्रतिनिधिहरुलाई कानुनी कारवाही नहुन्जेलसम्म अति आवश्यक बाहेकका सबै काम ठप्प पार्ने निर्णय गरेका थिए । प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कर्मचारीलाई कुट्ने नगरपालिकाका उपप्रमुख विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरेको हो ।

बिज्ञापन

तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । कार्यपालिका सदस्यहरुले बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै जोशीमाथि कुटपिट गरेका हुन् । माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग गरेका थिए । हिजोको बैठकमा पनि उनीहरुले सोही माग राखेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए । सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नेपाल एसबीआई बैंकभित्र समस्या नै समस्या

कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित

हुलाकी सडकको एउटा सानो पुल, जसले जोड्यो दुई किनारा मात्र होइन, स्थानीयको वर्षौंदेखिको प्रतीक्षा

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

बिशेष