प्रमुख प्रशासकीय अधिकृतसहित ९ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधि,कर्मचारीसहित ९ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले हुम्लाको चंखेली गाउँपालिकामा खानेपानी मर्मत योजनामा आर्थिक अनियमितता गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसमेत ९ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले गाउँपालिकाका इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर र सब इन्जिनियर हर्कधन बुढासहित उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष बिरकुल्ली बुढाविरुद्ध मुद्दा दायर भएको हो । त्यस्तै उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष विरकुल्ली बुढा र वडा नं ३ का वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

बिज्ञापन

वडा नं ३ को ब्याफु खानेपानी मर्मत योजनाका नाममा ५ लाख १५ हजार १०८ रुपैयाँ दुरुपयोग गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारले जनाएको छ ।

आर्थिक वर्ष २०७४/ ०७५ मा खानेपानी मर्मत योजनाको फिल्डमा काम नै नभए पनि काम सम्पन्न भएको भन्दै ५ लाख १५ हजार १०८ रुपैयाँ बढी भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीको घुस काण्डको अडियो लिक

कर्मचारी नेतामाथि धमाधम भ्रष्टाचार मुद्धा : एक निलम्बित,दुईको अदालतमा विचराधिन

१४ उपसचिवहरूको सरुवा

उद्घाटन पर्खिरहेको एउटा परियोजना

विमानस्थलमा माला,खादा र विशेष पहिरनमा प्रतिवन्ध

एकै दिन सरकारी खाताबाट २२ अर्ब भुक्तानी

राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवसँग ६ करोड अवैध सम्पत्ति

तलबि प्रतिबेदनको ढाँचामा परिमार्जन : चाडपर्वको नाम र संभावित महिना अनिवार्य खुलाउनु पर्ने

बिशेष