नौ महिनामै तयार भयो ‘एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला’

ऋषि भट्टराई

बिज्ञापन

रुपन्देही । अष्ट्रेलियामा रहदै आएका गुल्मी मदानेका विनोद कुँवरको नीजि लगानीमा रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला ९ महिनामै तयार भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १७ पूर्व दरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको पहिलो चरणको कार्य ९ महिनामै सम्पन्न भएपछि भोलि उद्घाटन खेलको आयोजना गर्न लागिएको हो ।

बिज्ञापन

९ महिनामै खेलमैदान तयार भए पनि रंगशालाको अरु भौतिक पूर्वाधारको काम भने हुन बाँकी छ । रंगशालामा प्याराफिट सहित अन्य संरचना बनाउन ४० करोड बढीको लगानी लाग्ने अनुमान गरिएको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक बिनोद कुँवरले बताएका छन् । जग्गा खरिद बाहेक मैदान निर्माण गर्दा ७ करोड खर्च भएको निर्देशक कुँवरले बताए । १८ करोडको लागतमा प्याराफिटको काम पनि छिट्टै शुरु हुने उनले बताएका छन् । उनका अनुसार यो रंगशाला ५ बर्षमा पूरा हुनेछ । १० करोड लगानीमा जग्गा खरिद गरि गत जेठ ३० गते शिलान्यास गरिएको रङ्गशाला ९ महिनामै तयार गरेर कुँवरले सरकारी तह अन्तर्गत हुने गौरवका तथा अन्य विकास आयोजनामा जुन प्रकारको ढिलासुस्ती र नीतिगत झन्झट देखिईरहेका बेला नीजि लगानीमा सम्पन्न गौरवको आयोजना सरहको अन्तराष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रङ्गशाला नौ महिनामै तयार गरेर राष्ट्रिय रुपमै नेपाली क्रिकेट खेल जगतलाई हौसला प्रदान गर्नुका साथै गैर आवासिय नेपालीले पनि ईच्छा शक्ति राख्ने र सक्रियता देखाउने हो भने आफ्नो देशमा योगदान गर्न सकिने कुराको गतिलो उदारहण पेश गरेका छन् ।

देशकै माटोमा केही गर्नुपर्दछ भन्ने हुटहुटी बोकेका बिनोद र उनकी पत्नी सदीक्षा गौतम अष्ट्रेलियाबाट आइटी ईञ्जिनियर कोर्स पुरा गरी त्यहाँ आईटी व्यवसाय सञ्चालन गरेर कमाएको पैसाले नेपाली क्रिकेटको लागी उर्भर मानिने रुपन्देहीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनाएका कुँवर दम्पत्ति क्रिकेट क्षेत्रमा यस प्रकारको योगदान गर्न पाउदा अत्यन्तै खुसी महशुस गरेका छन् । भोलि फागुन २८ गते उद्घाटन गरे पश्चात रंगलाशामा लिजेण्ड्स कप क्रिकेट आयोजना गरिनेछ । एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुँवरले पहिलो चरणको काम सम्पन्न भएसँगै चार टिमबीच लिजेण्ड्स कप टि–१० क्रिकेट प्रतियोगिताको आयोजना गरिएको बताएका छन् ।

बिज्ञापन

प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन १९९६ को टोली, सन २०१४ को टी–२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाउनेछन् । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सन २०१४ टोलीको कप्तानी गर्नेछन्। सन् १९९६ को कप्तानी एलबी क्षेत्रीले गर्नेछन्। त्यस्तै रेस्ट अफ नेपालको टीमलाई कलाम अलीले कप्तानी गर्नेछन् भने रुपन्देही लेजेन्ड्सलाई हरिबहादुर थापाले कप्तानी गर्ने छन् । कपमा सहभाागी हुनेहरुका लागि लगाउने जर्सी हिजो सार्वजनिक गरिएको छ ।

दश वर्ष अष्ट्रेलियामा बिताइसकेका उनले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आईटी) सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट खोलेका छन । उनी आफैँ पनि आईटी इन्जिनियर हुन्। यहि कम्पनीका कुँवर निर्देशक र उनकी पत्नी सुदीक्षा चिफ अप्रेटिङ अफिसर हुन्। कुँवरले अस्ट्रेलियामा स्थापना गरेको ‘एक्स्ट्राटेक ओभल’ले अस्ट्रेलियामा अध्ययन पूरा गरिसकेका विद्यार्थीहरूको क्षमता अभिबृद्धि गर्नुका साथै उनीहरूलाई योग्यता अनुरुपको काम समेत दिलाउने गरेको छ । कुँवरले ‘एक्स्ट्राटेक ओभल’ क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ‘ब्रान्ड एम्बासडर’को जिम्मा नेपालका चर्चित पूर्वक्रिकेटर शक्ति गौचनलाई दिएका छन् । अष्ट्रेलियामा बस्दै आएका बिनोद रंगशाला शिलान्यास सँगै बेला बेला नेपाल आईरहेका थिए । अहिले उद्घाटन र खेल आयोजनाका लागि श्रीमती सदीक्षा गौतम सहित कुँवर नेपाल आइसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

११० कानुन संशोधन,एकै पटक १५३४ पदाधिकारी पदमुक्त

विधेयकमा आफ्नो माग नसमेटिए आन्दोलनमा उत्रने स्थानीय तहका कर्मचारीको चेतावनी

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

बिशेष