प्रशासनिक क्षेत्रमा आशालाग्दो बौद्धिकता

सार्वजनिक प्रशासनको अवधारणा शुरु भएको धेरै भैसक्यो । यसमा धेरै परिवर्तनहरु समेत आए । यसका विचारक र बौध्दिक व्यक्तित्वहरु पनि धेरै जन्मे ।यसको झझल्को नेपालमा पनि देखिन थाल्यो ।पूर्व राणाकाल राणाकाल पंचायतकाल बहुदल र संघीयताको सन्दर्भमा प्रशासनिक विकास हुदै पनि गए । यसमा धेरै आरोह अवरोहहरु पनि आए । यिनै पृष्ठभूमीमा नेपालको प्रशासनिक क्षेत्रमा आशालाग्दो बौध्दिकता विकास हुदै पनि गैरहेको छ । यस्तो बौध्दिकताको प्रवेशले समृध्द सार्वजनिक प्रशासन निर्माणमा सहयोग पुग्दछ ।

बिज्ञापन

विज्ञ अरुणध्वज कर्माचार्य पथिक लेल्नुहुन्छ प्रा. डा. भीमदेव भट्टको विकास प्रशासन अन्य धेरै पुस्तकहरु र उहांद्धारा लेखिएका असंख्य लेखहरु संभववत नेपालको प्रशासनिक क्षेत्रको लागि लिखित जीवित अभिलेखहरु हुन्। प्रशासनका विषयमा धेरै कलम चलाउने र यस्ता लेख र विचारको खडेरीलाइ पुर्ने प्रा. डा. भीमदेव भट्ट साच्चै नै नेपाली प्रशासनिक इन्साइक्लोपिडिया हुन्। भीमदेव भट्टको नाम विनाको नेपाली प्रशासनिक क्षेत्रको अध्ययन अपूरो हुने गर्दछ। वास्तवमा अरुणध्वज कर्माचार्य पथिक ले भन्नु भए जस्तै भीमदेव भट्टका प्रशासनिक पुस्तकहरु नेपालको प्रशासनिक क्षेत्रको लागि लिखित जीवित अभिलेखहरु हुन्। विज्ञ अरुणध्वज कर्माचार्य पथिकका अनुसार पूर्व सचिव उमेश मैनाली अर्का नेपाली प्रशासनिक इन्साइक्लोपिडिया हुन्। प्रशासनका क्षेत्रमा विकसित नवीन अवधारणालाइ नेपाली सन्दर्भसंग जोड्ने र तदनुरुप विश्लेषण गर्ने क्षमतालेयुक्त विशिष्टता उमेश मैनाली संग छ,उमेश मैनाली संग त्यो विशिष्ट क्षमता रहेको छ । कामाद र अन्य जर्नलहरुमा प्रकाशित उहांका लेखहरुले प्रशासनिक क्षेत्रमा आशालाग्दो बौध्दिक व्यक्तित्वको रुपमा उमेश मैनालीलाइ पाएको छ । धेरै यू ट्यूवहरुमा समेत उहांका विचारोत्तेजक भनाइहरु सुन्न र हेर्न पाइन्छ ।

बिज्ञापन

नेपाल सरकारका पूर्व सचिव डा दामोदर रेग्मी श्रृंखलाबध्द प्रशासनिक लेखका उत्पादनकर्ता हुन् विज्ञ अरुणध्वज कर्माचार्य पथिक भन्दछन्। उनलाइ प्रोलिफिक राइटर पनि भन्ने गरिन्छ । नेपालको प्रशासन व्यवस्थापन संघीयता आदि विषयको लेख चाहिएमा उनको नाम मात्रै गुगलसर्च गरियो भने कैयन सामग्री प्राप्त हुने गर्दछ ।हजारौ लेख र दर्जनौ पुस्तकका जन्मदाता लेखक रेग्मी प्रशासनिक क्षेत्रमा अर्को आशालाग्दो बौध्दिक व्यक्ति हुन्। विश्व विद्यालयका जनप्रशासन व्यवस्थापन र वाणिज्य क्षेत्रका विद्यार्थीहरु उनका लेखहरु खोजी खोजी पढ्ने गर्दछन्।उनले आफ्ना सामाजिक संजाल र पुस्तक मार्फत सवैलाई ज्ञान बाँडिरहेका छन् ।

डा विमल कोइरालाको बौध्दिकताको उचाइ धेरै माथि रहेको छ । मधुरमण आचार्यको विजनेश अफ ब्यूरोक्रेसी चर्चामा रहेको पुस्तक हो । रामकृष्ण तिमिल्सिना पनि नेपाली प्रशासनिक क्षेत्रका अर्का आशालाग्दा व्यक्ति हुन् । यस्तै पूर्व सचिव युवराज पाण्डेका पनि प्रशासनका धेरै पुस्तकहरु रहेका छन् । माथि उल्लेखित लेखकहरुका लेख र पुस्तकहरु नेपालभित्र त अत्यधिक रुचाइने गर्दछ साथै एकेडेमिया इडीयु र भारतीय प्रशासन सेवा आइएएसको लागि पनि लोकप्रिय हुने गरेको छ।

बिज्ञापन

यस वाहेक पनि नेपालको प्रशासनिक क्षेत्रमा धेरै आशालाग्दा बौध्दिक व्यक्तिहरु तयार भएको देखिन्छ । विद्धानहरुको सिर्जना र उनीहरुले लेख मार्फत देखाएको बाटोमा शासकहरु हिड्न सक्नु पर्दछ । जव शासकहरु या त चार पासे हुन्छन् या उनीहरुको मनोवृत्ती चार पासेको भन्दा माथि हुदैन तव विद्धानहरुको विचारहरुले सही रुपमा कार्यान्वयन हुने अवसर पाउंदैन । नेपालको प्रशासनिक क्षेत्रमा आशालाग्दो बौध्दिकताको विकास भएको छ यो प्रशासनिक क्षेत्रको लागि सकारात्मक संकेत पनि हो । तर हाम्रा राजनितिक नेतृत्व र तिनको सेरोफेरोलाइ आफ्नो सुमेरु पर्वत वनाउने केही सीमित व्यक्तिहरुको चरित्र भने सुधार हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष