फर्जी सूचना निकालेर सेनिटरी प्याड खरिद, पूर्वमेयर-उपमेयरसहित ९ जनालाई भ्रष्टाचार मुद्दा

स्यानिटरी प्याड खरिद प्रकरणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वजनप्रतिनिधि र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा आज दायर अभियोगपत्रमा पूर्वमेयर उदयकुमार यादव, पूर्वउपमेयर शिलादेवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, लेखापाल लोकबहादुर नेपाली, स्टोर किपर सुदीप कुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारी, हठ्ठीपुरवाहा माध्यमिक विद्यालयका प्रअ श्रीकृष्ण भिनवार, सव इन्जिनियर सरोजकुमार महतोसँग १३ हजार ९३ हजार ६८७ जनही बिगो दाबी गरिएको छ ।

बिज्ञापन

आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाको सशर्त अनुदानको बजेटबाट स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन लेखापाल लोकबहादुर नेपाली, तत्कालीन जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, तत्कालीन स्वास्थ्य संयोजक कपिलदेव प्रसाद अधिकारी, माध्यमिक विद्यालय हठ्ठीपुरवाहाका प्रधानाध्यापक श्रीकृष्ण भिनवार, तत्कालीन सवइन्जिनियर सरोजकुमार महतो, रेजा ट्रेडिङ प्रालि र रेजा ट्रेडिङ दैनिकका प्रकाशक अकबर मन्सुरविरुद्ध पनि अख्तियारल मुद्दा दर्ता गरेको छ ।

सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना त्यस साल माघ २२ राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकामा गरेको भनिएको थियो। तर त्यस दिनको पत्रिकामा कुनै पनि सूचना प्रकाशित नै नभएको अख्तियारले दाबी गरेको छ।

बिज्ञापन

यसरी रेजा टुडे पत्रिकासँग मिलेमतो गरी झुट्टा विवरण दिएर १३ लाख ९३ हजार ६८७ रुपैयाँ भ्रष्टाचार गरेको प्रवक्ता घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष