भ्रष्टाचार मुद्धामा उपसचिव र लेखा अधिकृत दोषी ठहर,६ महिना कैद

विशेष अदालतले भ्रष्टाचार मुद्धामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृतहरुलाई दोषी ठहर गरेको छ । सिमरौनगढ नगरपालिकामा भएको भ्रष्टाचार मुद्धामा अख्तियारले २०८० असोज ७ तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनीसहित लेखा अधिकृतहरुलाई प्रतिवादी बनाएर मुद्धा चलाएको विशेषले उनीहरुलाई दोषी ठहर गरेको हो । अख्तियारले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो । मरासिनी र तत्कालीन लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीले नगरपालिकाबाट आर्थिक वर्ष २०७५/ ०७६ मा देवापुर माछापोखरी ठेक्कामा धरौटीबापत ९ लाख २२ हजार ५०० रुपैयाँ सम्झौता हुनुअगाडि नै फिर्ता गरी हानिनोक्सानी पुर्‍याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

बिज्ञापन

विशेषले सिम्रौनगढ नगरपालिका बाराका तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासिनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी भ्रष्टाचारी ठहर गरेको हो । न्यायाधीशत्रय टेकनारायण कुवँर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले मरासिनी र चौधरीलाई भ्रष्टाचारी ठहर गरेको हो। उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा दोषी ठहर गर्दै विशेष अदालतले जनही ४ लाख ६१ हजार २५० जरिवाना र जनही ६ महिना कैद सजायको फैसला सुनाएको हो।

बिज्ञापन

यस्तै सिम्रौनगढ नगरपालिकाकै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले पुनः देवापुर पोखरी ठेक्काको सूचना प्रकाशन गर्दा आफूखुसी ९ लाख ९५ हजार रुपैयाँ घटी राजस्व असुल गरी राजस्व हिनामिना गरेको आरोप थियो। तर जयसवालले भने सफाइ पाएका छन्।

यस्का अलवा उपसचिव मरासिनी र लेखा अधिकृतविरुद्ध जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीसमेतको सफ्टवेयर खरिद तथा जडान÷विस्तार गर्ने कार्यमा १ लाख ९९ हजार ८९७ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारसम्बन्धी अर्काे मुद्दा समेत चलाएको थियो अख्तियारले । खरिदका कार्यका निम्ति टिप्पणी उठाउने र सदर गर्ने अधिकृतहरुलाई आयोगले दोषी ठहर गर्दै मुद्धा अदालतमा पुर्याएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष