प्रेमिल जोडीको पदस्थापन र पदोन्नति

निजामती सेवाभित्रको एउटा प्रेमिल जोडीले हालै एकै पटक अधिकृतमा नाम निकालेर रेकर्ड कायम गर्न सफल भएको छ । भन्छन्, जीवन नियममा होइन संयोगले चल्दछ । अक्सर मान्छेहरू सफलतालाई मात्र देख्छन् तर सफलता प्राप्त गर्नका लागि गरिएको त्याग र संघर्ष देख्दैनन् । संघर्षको भट्टीमा खारिएर, दुःखका आरनमा अर्चापिएर शाखा अधिकृतसम्मको बाटो तय गर्न सफल जोडी हो– सुरेन्द्र पाण्डे र रमिता बिष्टको । लगातार नदीको बहावले ठुल्ठूला चट्टानलाई पनि पगाल्छ भनेझैं कम्ता पापड पेलेन यो दम्पतीले । एकै पटक नाम निकालेर र पदस्थापन भएर रेकर्ड कायम राखेका यी गुल्मेलीले । लोकसेवा आयोगले हालै विज्ञापन नम्बर १६६९९–०७९/८० (खुला), १६७००–०७९/८० (महिला), १६७०१–०७९/८० (आदिवासी जनजाति), १६७०२–०७९/८० (मधेसी), १६७०३–०७९/८० (दलित), १६७०४–०७९/८० (अपाङ्ग) र १६७०५–०७९/८० (पिछडिएको क्षेत्र) तर्फ २ सय १७ जनाको लागि खुलाएको विज्ञापनमा १६ हजारभन्दा बढी परीक्षार्थीले भाग लिएका थिए । त्यो भीडबाट २१७ जना सफल भएका छन्् । यो जोडीको सफलता लोक सेवा आयोगप्रति रुचि राख्नेहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ । कर्मचारी संकेत नम्बर ३१७८२९ रहेका सुरेन्द्र पाण्डे र ३१७८३२ रोल नम्बरकी रमिता बिष्ट एकै पटक सफल जोडी बन्न पुगेका छन् ।

बिज्ञापन

उसो त निजामती क्षेत्रको निम्ति उर्वर भूमि मानिन्छ स्याङ्जा, पाल्पा, गुल्मीलगायत जिल्लालाई । एक सालमै गुल्मी धुर्कोटका रमेश भण्डारीले १० वटा लोकसेवा परीक्षा उत्तीर्ण गरेर कीर्तिमान बनाएका थिए । त्यस्तै अनिष गिरीले पनि एक वर्षमा सात वटा परीक्षा पास गरेको धेरै भएको छैन । यो पटक गुल्मीबाट एकैपटक १३ जना शाखा अधिकृत थपिएमध्येका हुन्– सुरेन्द्र र रमिता । धुर्कोट गाउँपालिका वडा नम्बर–६ को हो यो जोडी । लेखा परीक्षण समूहबाट सुरेन्द्र र सामान्य प्रशासन समूहबाट रमिता सिफारिस भएका हुन्् । उमेरले तीन दशक टेकेका सुरेन्द्रले ०७४ सालदेखि खरिदारबाट निजामती सेवामा पाइला राखेका थिए । अघिल्लो वर्षमात्रै नासुमा नाम निकाले । स्कूले शिक्षा हिमालय मावि धुर्कोटबाट पार गरे । ०६६ मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि मनभरि सपना र झोलाभरि भविष्य बोकेर भित्रिए काठमाडौं ! जनमैत्री मल्टिपल क्याम्पसमा कम्प्युटर साइन्स लिएर प्लस टु पढ्न थाले ।

बिज्ञापन

स्नातक तहका लागि भर्ना भए पब्लिक युथ क्याम्पसमा । स्नातकपछि लोकसेवाको तयारीमा जुटे । पहिलो प्रयासमै न्याय सेवातर्फ २०७४ मै नाम निकाले । उनको पहिलो ‘पोस्टिङ’ जिल्ला अदालत, पर्सामा भयो । २०७६ वैशाखमा प्रशासनको लेखा समूहतर्फ नासुमा नाम निकाले र मालपोत कार्यालय सिन्धुपाल्चोक गए । अहिले (२०८०) मा शाखा अधिकृतमा नाम निकालेर महालेखा परीक्षकको कार्यालय काठमाडौंमा पदस्थापन भएका छन् । गुल्मीकै इस्मा गाउँपालिका रजस्थलमा जन्मिएकी रमिताले २०६८ मा आनन्द मोहन माविबाट प्रथम श्रेणीमा एसएलसी पार लगाइन् । प्लस टु एजुकेसन साइन्स लिएर पढिन् । त्यसपछि स्नातक तह ताहाचल क्याम्पसबाट गरिन् । प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि ०७६ मा पहिलो प्रयासमै न्याय सेवातर्फ खरिदारमा नाम निकालिन् । र, पर्सा जिल्ला अदालतमा सिफारिस भइन् । त्यहीं भेट भएको हो सुरेन्द्रसँग । ०७९ मा सामान्य प्रशासन सेवाअन्तर्गत सम्पत्ति शुद्धीकरण विभाग पुल्चोकमा नासुमा सिफारिस भएकी उनले श्रीमान्सँगै अधिकृतमा नाम निकाल्न सफल भइन् । ०७७ मा सुरेन्द्र र रमिताले प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

धेरैको रहर हुन्छ निजामती सेवामा प्रवेश गर्ने तर यो अवसर सबैका लागि कहाँ जुर्छ र ? निष्ठापूर्वक सेवा र कठिन परिश्रम गर्दै गएको खण्डमा पद र प्रतिष्ठा खोज्दै अन्त जानै पर्दैन । असम्भव भन्ने केही छैन दुनियाँमा । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । भनिन्छ, दुनियाँ नै जित्नेहरूको हो, उनीहरूकै लेखिन्छ इतिहास । हार्नेहरू त कहाँ छुट्छन् कहाँ । कसैले हिसाब राख्दैन तिनको, कसैले भाउ दिँदैनन्, खोज्दैनन् हार्नेहरूलाई । तर, जीवनको परीक्षामा सफल हुन पटक–पटक पौँठेजोरी खेल्नैपर्छ असफलतासँग । सावित्रा काफ्ले र नवीन मैनाली दुवै अफिसर हुन् तर मेडिकलको भाषामा दृष्टिविहीन । सावित्री उच्च अदालत पाटन र नवीन सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र बानेश्वरमा आन्तरिक प्रशासन शाखा हेछन् ।

बिज्ञापन

निजामती सेवाको उच्च ओहोदा (अफिसर) मा पुग्ने अपांगताको सम्भवतः यो पहिलो जोडी हुनुपर्छ । उसो त सरकारी सेवामा दाजुभाइ, दिदीबहिनी नै एकै पटक शाखा अधिकृत बनेका उदाहरण यसअघि नै देखिसकिएको छ । मीना र मन पनि यसैगरी शाखा अधिकृत बन्न सफल भएका हुन् । अघिल्लो वर्षमात्र एकै परिवारका दाजुभाइ दिनेश र दिपेश खनालले शाखा अधिकृतमा नाम निकालेर रेकर्ड कायम गरेकै हुन् ।

यसअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरका पार्वती र बसन्ती भट्टसमेत एकैपल्ट शाखा अधिकृतमा उत्तीर्ण भएका थिए । उसो त निजामतीमा सयौं जोडी श्रीमान् श्रीमती छन् । एकाघरबाट सरकारी सेवामा लागेकाहरू त धेरै भेटिन्छन् । फाष्ट ट्र्याकबाट बैकुण्ठ अर्याल मुख्यसचिव नबनेका भए पहिलो महिला मुख्यसचिव बन्ने थिइन् देवकुमारी गुरागाईं । गुरागार्इंको परिवारका सातै जना सरकारी जागिरे हुन् । दाइ महेन्द्र लोकसेवाको सचिवबाट अवकाश पाएर निवृत्त जीवन बिताइरहेका छन््् । अर्थ सचिव कृष्णहरि पुस्कर र सहसचिव आभा कर्ण दम्पती हुन । यसअलावा सहसचिव तहको ७, सहसचिव–शाखा अधिकृतको ९, उपसचिवको १३, उपसचिव–शाखा अधिकृतको २४ र शाखा अधिकृतका २० जोडी निजामती सेवामा छन्। यीमध्ये कतिपयले सरकारी सेवामा प्रवेश गरेपछि दाम्पत्य जीवन शुरु गरेका हुन्् भने कतिपयले विवाहपछि एक–अर्कालाई आफ्नै पेशामा प्रवेश गराएको भेटिन्छ । निर्मल न्यौपाने र रेजिना कोइराला, सचिव राजकुमार र रोशनी पनि सरकारी सेवामा छन् । मीना अर्याल र गोपाल अर्याल दम्पती नै सरकारी सेवामा रमाइरहेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कांग्रेसका दुई मन्त्री कठिनाइमा

३० लाख टिकटक भिडियो गायब

‘संवैद्यानिक निकायहरु रिटायर्डमेन्ट क्लब बने, कर्मचारीहरुहरुको कुलिङ पिरियड अत्यावश्यक छ’

“शिक्षा, संस्कार र समाजको पुनर्जागरणमा ‘ज्ञानचक्षु सज्जन विज्ञान’ : ज्ञानहरि पौडेलको दृष्टि र दृष्टान्त”

रविलाई थुनामुक्त गर्न सर्वाेच्चको अस्वीकार

निजामती विद्येयक आगामी मंगलबार संसदमा दर्ता हुने, कुलिङ पिरियडबाट व्याक नहुने

लेखापढीमार्फत २० हजार घुस, रंगेहात अख्तियारको फन्दामा परे खरिदार

२६ उपसचिवहरूको सरुवा

बिशेष