संसदीय समितिबाट क्लिन चिट,अख्तियारद्धारा मुद्धा

संसदीय समितिबाट क्लिन चिट पाएका अधिकृतविरुद्ध अख्तियारले मुद्धा चलाएको छ । प्रंसग हो, डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टको । वन निर्देशनालयका तत्कालीन निर्देशक हेमराज विष्टविरुद्ध भ्रष्टाचार मुद्दा चलेपछि कृष्णदत्त भट्ट निमित्त वन निर्देशकको भुमिकामा थिए । ७ करोड गैरकानुनी सम्पत्ति मुद्दामा विष्टले गत साउनमा विशेष अदालतबाट सफाइ पाएपछि सुदूरपश्चिम वन निर्देशकमा फर्किएका छन् । विष्टले ३२ स्थानमा घरघडेरी जोडेका छन् । सुदूरपश्चिम प्रदेशमा निमित्त वन निर्देशक रहेका वेला घुस बार्गेनिङको भिडियो बाहिरिएको थियो तर प्रदेशको संसदीय समिति बाट ‘क्लिन चिट’ पाएका डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टविरुद्ध भ्रष्टाचार मुद्दा चलेको छ।

बिज्ञापन

आयोगले अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा मंगलबार लुम्बिनी प्रदेशका प्रदेश सांसद जानकीप्रसाद यादवसहित समितिका तत्कालीन पदाधिकारी र ठेकेदारसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती लिएभन्दा बढी काठ कटान गरेको र त्यसबाट भ्रष्टाचार भएको दावी गर्दै अख्तियारले विशेष अदालतमा पुगेको हो ।

बिज्ञापन

अख्तियारले तत्कालिन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल बल अधिकृत दुर्गा बहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्था समितिको कार्यान्वयन ईकाईका संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रम्हदेब महतो, रेञ्जर हेमराज पण्डितका अलवा तत्कालीन सहायक वन अधिकृत शिव शंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाई, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेश कुमार थारु, सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंह राजपुत, फरेष्टरहरु रामरक्षा कुर्मी, रमतु चौधरी, वन रक्षकहरु सञ्जय थारु, सञ्जय केवट, रामगोपाल त्रिपाठी, बासुदेव गोडिया, तत्कालिन संयोजक जानकी प्रसाद यादव, गोरखा काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काठदाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गिता जीसीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । उनीहरुले गैरकानूनी रुपमा काठ कटान गरेकाले राज्यकोषमा २९ लाख १२ हजार रुपैंया नोक्सानी भएको अख्तियारको दावी छ ।

६ वर्षअघि कपिलवस्तुको गौतम बुद्ध साझेदारी वनमा वैज्ञानिक वन कार्यक्रममार्फत भएको ३७ हजार क्युफिट काठ कटान प्रकरणमा अख्तियारले मंगलबार राप्रपा लुम्बिनीका सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध मुद्दा चलाउँदा भट्टलाई अख्तियारले प्रतिवादी बनाएर मुद्धा चलाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

ओएनएममै अलमल

करार सेवाका हजारौं कर्मचारी हटाइँदै, आउट सोर्सिङमा भर्ना गर्ने गृहकार्य

निजामती कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्यांकन अनिवार्य

११२ शाखा अधिकृतको सरुवा : ३१ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

बिशेष