सांसद,अधिकृतसहित १९ विरुद्ध अख्तियारले चलायो भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा मंगलबार लुम्बिनी प्रदेशका प्रदेश सांसद जानकीप्रसाद यादवसहित समितिका तत्कालीन पदाधिकारी र ठेकेदारसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती लिएभन्दा बढी काठ कटान गरेको र त्यसबाट भ्रष्टाचार भएको दावी गर्दै अख्तियारले विशेष अदालतमा पुगेको हो ।

बिज्ञापन

अख्तियारले तत्कालिन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल बल अधिकृत दुर्गा बहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्था समितिको कार्यान्वयन ईकाईका संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रम्हदेब महतो, रेञ्जर हेमराज पण्डितका अलवा तत्कालीन सहायक वन अधिकृत शिव शंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाई, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेश कुमार थारु, सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंह राजपुत, फरेष्टरहरु रामरक्षा कुर्मी (चौधरी), रमतु चौधरी, वन रक्षकहरु सञ्जय थारु, सञ्जय केवट, रामगोपाल त्रिपाठी, बासुदेव गोडिया, तत्कालिन संयोजक जानकी प्रसाद यादव, गोरखा काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काठदाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गिता जीसीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । उनीहरुले गैरकानूनी रुपमा काठ कटान गरेकाले राज्यकोषमा २९ लाख १२ हजार रुपैंया नोक्सानी भएको अख्तियारको दावी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यागमन विभाग र विमानस्थलमा नयाँ नेतृत्व, पाँच सहसचिवको सरुवा

२४ लाख ५० हजार घुससहित मालपोत प्रमुख रंगेहात पक्राउ

सेवन्तकले लिए शपथ

राजकुमारको ठाउँमा भगवतीलाई मन्त्री बनाउने तयारी

मन्त्रीको राजीनामा पछि निजामती विद्येयक अलपत्र,कार्यसूचीबाट हटाउने तयारी

जग्गा दलालको पछि लाग्दा गुम्यो मन्त्रीको कुर्सी

मन्त्री गुप्ता भन्छन् : ‘ कहिँलेकाँही नखाएको बिष लाग्दो रहेछ’

सामान्य प्रशासन मन्त्रीले अन्ततः राजीनामा दिए

बिशेष