भ्रष्टाचार मुद्धामा उपसचिवसहित पाँच जनालाई सफाई

भ्रष्टाचार मुद्धा खेपिरहेका उपसचिवसहित पाँच जनालाई विशेष अदालतले सफाइ दिएको छ । बर्ष दिन अगाडि अर्थात गत मंसिर चार गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–४ स्थित गैराज्युला सिँचाई आयोजनामा भ्रष्टाचार गरेको आरोपसहित उपसचिवसहित ५ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा दायर गरेको मुद्धामा विशेषले उनीहरुलाई क्लिन चिट दिएको हो ।

बिज्ञापन

सफाइ पाउनेमा कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा तपेन्द्रबहादुर शाह, सब–इन्जिनीयर महेश बुढ्थापा, गैराज्युला कृषि सिँचाइ निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँचबहादुर सेजुवाल, सचिव माया केसी भाम र कोषाध्यक्ष बिजकन्या छन् ।

बिज्ञापन

मुगु छायाँनाथ रारा नगरपालिका–४ बालैस्थित गैराज्युला कृषि सिँचाई आयोजनामा यथार्थ र वास्तविक नाँपजाच गरी कार्य मूल्यांकन गर्नुको साटो बदनियत राखी नभए तथा नगरेको कुरा देखाई योजनास्थलमा वास्तविक भएको कामभन्दा बढी रकम मूल्यांकन गरी झूटा बिल भरपाई, नापी किताब, मूल्यांकन बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी २ लाख ११ हजार ३१६ रुपैयाँ बढी भुक्तानी गरेर भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियार विशेषमा पुगेको थियो। विशेषले उक्त मुद्धामा प्रतिवादीहरुलाई हिजो सफाइ दिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

कुन सेवामा कति दरबन्दी कटौती ?

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

बिशेष