यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गर्नेसहित विभिन्न निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाउने निर्णय पनि गरेको छ । पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएको देखिएकाले पौडेललाई पदबाट हटाउने निर्णय गरेको हो सरकारले । यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा प्रमोद जोशीलाई नियुक्ति गरेको छ ।

बिज्ञापन

बैठकले एनसेलको सेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय पनि गरेको छ ।

बिज्ञापन

१.डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गर्ने ग्राहकरुको विद्युत महशुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ समितिको म्याद एक महिना थप गर्ने।

२.सशस्त्र द्वन्द्वमा घाइते भइ अपांगता भएका व्यक्तिहरुको अपांगता प्रतिशत निर्धारुण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी २ महिनाभित्र परिमार्जित मस्यौदा पेश गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने।

बिज्ञापन

३.सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति एलपीआर लिएको देखिएकाले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाउने।

४.राष्ट्रिय प्रशारण १२ औं संशोधन नियमावली, २०८० स्वीकृत गर्ने।

५.बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने।

६.नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा डा. चण्डिकाप्रसाद भट्टलाई नियुक्त गर्ने।

७.नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने।

८.नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशीलाई नियुक्ति गर्ने।

९.एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कांग्रेसका दुई मन्त्री कठिनाइमा

३० लाख टिकटक भिडियो गायब

‘संवैद्यानिक निकायहरु रिटायर्डमेन्ट क्लब बने, कर्मचारीहरुहरुको कुलिङ पिरियड अत्यावश्यक छ’

“शिक्षा, संस्कार र समाजको पुनर्जागरणमा ‘ज्ञानचक्षु सज्जन विज्ञान’ : ज्ञानहरि पौडेलको दृष्टि र दृष्टान्त”

रविलाई थुनामुक्त गर्न सर्वाेच्चको अस्वीकार

निजामती विद्येयक आगामी मंगलबार संसदमा दर्ता हुने, कुलिङ पिरियडबाट व्याक नहुने

लेखापढीमार्फत २० हजार घुस, रंगेहात अख्तियारको फन्दामा परे खरिदार

२६ उपसचिवहरूको सरुवा

बिशेष