पौने आठ करोड अकुत आर्जन मुद्धामा पूर्व उपकुलपतिलाई ‘क्लिन चिट’

अख्तियारले मेलम्ची खानेपानी आयोजनाको पौने आठ अर्वको बढी भ्रष्टाचार मुद्धा दायर गरेकै दिन विशेष अदालतले पौने आठ करोड भ्रष्टाचार मुद्धा खेपिरहेका पूर्व उपकुलपतिलाई सफाई दिएको छ । आइतबारमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा चार पूर्व सचिवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा, मुकुन्द पौडेल र गजेन्द्र ठाकुरलगायत १७ जनाविरुद्ध भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैयाँमा मेलम्चीको ठेक्का सम्झौता गर्दा कानुनले तोकेभन्दा बढी पेश्की मोबिलाइजेशन गरेको आरोपमा विशेषमा मुद्धा चलाएकै दिन विशेषले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालिन उपकुलपति डा बलभद्र प्रसाद दासलाई गैरकानुनी सम्पत्ति आर्जन मुद्धामा सफाइ दिएको हो ।

बिज्ञापन

डा दासले ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० गैरकानुनी सम्पति आर्जन गरेको भन्दै अख्तियारले ३० भदौं २०७७ मा विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । आरोप पत्रमा डा दासले अवैध रुपमा आर्जन गरेको सम्पत्ति जफतसहित कारबाहीको माग गरेको थियो । अख्तियारले डा दास सार्वजनिक पदमा प्रवेश गरेको जुनियर रजिष्टर्ड देखि उपकूलपति र त्यसपछि प्रतिष्ठानमा प्राध्यापक पदमा रहेको अवधि २०५० देखि २०७६ सम्म उक्त रकम अवैध रुपमा आर्जन गरेको आरोपसहित प्रतिवादी बनाएर मुद्धा चलाएको थियो । डा बलभद्र प्रसाद दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६ असार ३० सम्मको वैध आय रू ७,६०,१०,४८९।८० आर्जन गरेको र सोही अवधिमा १५ करोड ३२ लाख ०३ हजार ३५० रुपैंया खर्च तथा लगानी गरेको पुष्टि हुन आई वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने पौने आठ करोड को खर्च तथा लगानीको स्रोत खुल्न नआएको’ अख्तियारद्धारा दायर गरिएको आरोपपत्रमा उल्लेख थियो तर आजै (आइतबार) विशेष अदालतले उनलाई सफाइ दिने फैसला गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सञ्चार सचिव अर्याल र महिला सचिव बस्नेत अदलीबदली

बर्ष दिन पछि सीटीईभीटीले पायो उपाध्यक्ष

फेरि अर्काे आयोग गठन,संयोजक तोकिए पूर्व न्यायधीश

मन्त्रिपरिषदको बैठक जारी

कार्यविधि विपरित हमाललाई डोल्पाको सिडियो : न कानुनमा स्नातक,न तीन महिने तालिम

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

अग्रेजी र नेपाली हिज्जेमा एकरुपता ल्याउन देशैभरका स्थानीय तहलाई सामान्यको परिपत्र

प्रदेश लोकसेवाले माग्यो स्थानीय सेवा पाँचौं तहका ३२५ कर्मचारी

बिशेष