ललिता निवासको फाइल खोल्ने यी अधिवक्ता :-जो लुकेर ज्यान जोगाइरहेछन्

 

बिज्ञापन

प्रधानमन्त्री निवास रहेकै क्षेत्र (ललिता निवास) वालुवाटारको १ सय ३६ रोपनी जग्गा नेपाल सरकारका नाममा कायम हुने गरी फैसला आएको छ ।

बिज्ञापन

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सरकारले पञ्चायतकालमा मुआब्जा दिएर अधिग्रहण गरेको सबै जग्गा नेपाल सरकारका नाममा हुने गरी फैसला गरेको हो ।यो प्रकरणमा विशेष अदालतले पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार,डम्बरकुमार श्रेष्ठ र चन्द्रदेव जोशीमाथिको आरोपमा दाबी नपुग्ने ठहरका साथ अदालतले सफाइ दिएको छ । यस्तै,तत्कालीन सचिव दीप बस्न्यातसहित मालपोतका अधिकृतहरू कलाधर देउजा, सुरेन्द्रमान कपालीसहित १२ जनालाई पनि विशेष अदालतले दोषी ठहर गरेको हो । दोषी ठहर हुनेमा जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने तत्कालीन डिल्लीबजार मालपोल कार्यालयका अधिकृत टीकाराम घिमिरे, अधिकृत हुपेन्द्रमणी केसी र नापी अधिकृत मोहम्मद साविर हुसैन, सुरेन्द्र कपाली, जगतप्रसाद पुडासैनी, युक्तप्रसाद श्रेष्ठ, सुनिती राणा, शैलजा राणा, रुक्मशमशेर राणा र बिचौलियाहरू रामकुमार सुवेदी र शोभाकान्त ढकाललगायत पनि छन् ।

विशेष अदालतको बिहीबार अख्तियारले दायर गरेको मुद्दामा दिएको फैसलासँगै निजी नाममा गरिएको जग्गा सरकारका नाममा फिर्ता हुने भएको हो ।

बिज्ञापन

ललिता निवासको जग्गा प्रकरण सतहमा ल्याउने अधिवक्ता हुन युवराज कोइराला,जो ०५१ सालदेखि कानुनी अभ्यास गरिरहेका छन् । कोइरालाले देशका प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास अनि नेपाल राष्ट्र बैंकसमेत रहेको जग्गा घोटालाबारे थाहा पाएपछि भूमिसुधार, मालपोत कार्यालय, राजनीतिक दलको नेतृत्वदेखि गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालयलगायत विभिन्न सरकारी अड्डामा दर्जनौं उजुरी गरे । यसका अलावा अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान विभागलाई प्रमाण पनि जुटाइदिए । कतैबाट पार लागेन । ०६४ सालदेखि उजुरी बोकेर हिँडिरहेका कोइरालाले जिल्लावासी गृहसचिव प्रेम राईलाई भेटे । अनि बल्ल यो प्रकरण यहाँसम्म आइपुगेको हो भनिन्छ ।

मुद्दा फिर्ता लिन करोडौंका अफर आए तर कसैको धनमा बिकेनन् । बरु शिक्षण पेशाबाट युर्टन भएर कानुन व्यवसायमा होमिएका उनले न्यायाधीश र न्यायपरिषद् सदस्यका ‘काला कर्म’हरू छरपष्ट पारेकै कारण चौतर्फी धम्कीको सामना भोगे,भोगिरहेकै छन् । वर्षौं भयो कार्यालयमा बसेर काम गर्न छाडेको । बहस पैरवी गर्न सकिरहेका छैनन् । उनलाई सिद्धाउन अनेकन योजना बुनिएको सुनाउँछन् । राज्यबाट पुरस्कृत हुनुपर्ने कोइराला उल्टै झुटो मुद्दा खेप्दै छन् । यही अभियानमा होमिएका कारण कतिपय साथीले ‘बहुलायो’ पनि भन्छन् । आफ्नो घरजग्गासमेत बेचेर भाडाको घरमा बस्ने अवस्थामा पुगेका कोइरालाको समूहले सत्य, न्याय खोजी अभियान बनाएर देशभर मिचिएका सार्वजनिक जग्गा खोज्दै छ, जसका संयोजक ध्रुवलाल श्रेष्ठ हुन् । त्यहाँ एसके तिमिल्सिना, आनन्द सन्तोषी राईहरू समेत समेटिएका छन् । यही अभियानले धोबीखोलाको जग्गा सरकारकै नाममा फिर्ता ल्याउन सफल भएको थियो ।

यसरी ललिता निवासको दसी प्रमाण जुटाएर मुद्दा मामिला गर्दै हिँडेको १६ वर्षपछि बल्ल यो प्रकरणमा राज्यको १३६ रोपनी जग्गा फिर्ता आएको छ । ललिता निवासको दसी प्रमाण बटुलेर हिड्दा ०६७ पछि धेरै थ्रेट आएको कोइराला बताउँछन् । सो समयमा रूप नै परिवर्तन गरेर पनि हिँडियो । उनी भन्छन्,अहिले पनि एउटै गौंडामा बस्दिनँ, एउटै समयमा कतै हिँड्दिन । मार्ने, धम्की दिनेहरू त कति आए कति, हिसाब गरेर साध्य छैन ।

कोइरालाका अनुसार,ललिता निवाससम्बन्धी मुद्धा फिर्ता लिनका लागि एउटा समूहले २५ करोडसम्मको प्रस्ताव गरेको थियो । करोडौंको पैसामा बिकेको भए १२९८ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा जान्थ्यो । भएभरको घर सम्पत्तिसमेत बेचेर भाडाको जिन्दगी बिताइरहेको बताउने उनी अहिले यही कारण अनेकन धाक,धम्की आउँदा भागेर आफ्नो ज्यान जोगाइरहेको सुनाउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कांग्रेसका दुई मन्त्री कठिनाइमा

३० लाख टिकटक भिडियो गायब

‘संवैद्यानिक निकायहरु रिटायर्डमेन्ट क्लब बने, कर्मचारीहरुहरुको कुलिङ पिरियड अत्यावश्यक छ’

“शिक्षा, संस्कार र समाजको पुनर्जागरणमा ‘ज्ञानचक्षु सज्जन विज्ञान’ : ज्ञानहरि पौडेलको दृष्टि र दृष्टान्त”

रविलाई थुनामुक्त गर्न सर्वाेच्चको अस्वीकार

निजामती विद्येयक आगामी मंगलबार संसदमा दर्ता हुने, कुलिङ पिरियडबाट व्याक नहुने

लेखापढीमार्फत २० हजार घुस, रंगेहात अख्तियारको फन्दामा परे खरिदार

२६ उपसचिवहरूको सरुवा

बिशेष