निजामती सेवा ऐन २०८० खारेजी माग गर्दै सर्वोच्चमा रिट

कर्णाली प्रदेश सरकारद्धारा हालै जारी गरेर राजपत्रमा प्रकाशित भएका कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । सो ऐनको दफा ९ को व्यवस्था खारेजीको माग गर्दै अधिवक्ता मोहन साहशंकरले सर्वाेच्चमा रिट दायर गरेको हुन ।

बिज्ञापन

ऐनको दफा ९ मा पदपूर्तिसम्बन्धि व्यवस्था गरिएको छ । जहाँ प्रदेश निजामती सेवालाई समावेशी बनाउन दफा ८ को उपदफा (१) र(२) बमोजिम खुला प्रतियोगात्मक परीक्षाद्वारा पूर्ति हुन पदमध्ये पैँतालिस प्रतिशत पद छुट्टयाई सो प्रतिशतलाई शत प्रतिशत मानी देहायका दलितलाई बाइस प्रतिशत,आदिवासी जनजातीका लागि बाह्र प्रतिशत आरक्षण छुट्टाइएको छ भने ऐनले पिछडिएको क्षेत्रका लागि बाह्र,अपाङ्गता भएका व्यक्तिका लागि पाँच प्रतिशत,मधेशी तथा मुसलमानका लागि दुई प्रतिशत र थारुका लागि दुई प्रतिशत आरक्षण छुट्टाइएको छ ।

बिज्ञापन

रिटमा सो ऐनको दफा ९ को ‘पदपूर्ति सम्बन्धी विशेष व्यवस्था’ खारेजीको माग गरिएको छ । रिटमा नेपालको संविधान धारा १३३ ९१० बमोजिम संविधानको भावना मर्म तथा संघीय संसदले बनाएको संघीय निजामती सेवा ऐन, २०४९ समेतको विपरित भएकोले खारेजी गर्न माग गर्दै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघिय संसद सचिवालय सिंहदरबार, कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेश, प्रदेश सभा सचिवालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, विरेन्द्रगर सुर्खेतलाइ विपक्षी बनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कांग्रेसका दुई मन्त्री कठिनाइमा

३० लाख टिकटक भिडियो गायब

‘संवैद्यानिक निकायहरु रिटायर्डमेन्ट क्लब बने, कर्मचारीहरुहरुको कुलिङ पिरियड अत्यावश्यक छ’

“शिक्षा, संस्कार र समाजको पुनर्जागरणमा ‘ज्ञानचक्षु सज्जन विज्ञान’ : ज्ञानहरि पौडेलको दृष्टि र दृष्टान्त”

रविलाई थुनामुक्त गर्न सर्वाेच्चको अस्वीकार

निजामती विद्येयक आगामी मंगलबार संसदमा दर्ता हुने, कुलिङ पिरियडबाट व्याक नहुने

लेखापढीमार्फत २० हजार घुस, रंगेहात अख्तियारको फन्दामा परे खरिदार

२६ उपसचिवहरूको सरुवा

बिशेष