कर्णालीका कर्मचारीलाई विवाह र पर्यटन बिदा

कर्णाली प्रदेश सरकारले ल्याएको निजामती सेवा नियमावली गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरी प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ । प्रदेश सरकारले यसलाई ठुलो उपलब्धि मानेको छ ।

बिज्ञापन

संविधानको धारा २८५ को उपधारा (३) मा प्रदेश मन्त्रिपरिषद्ले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम विभिन्न सरकारी सेवाहरुको गठन र सञ्चालन गर्न सक्ने व्यवस्था छ । सोही अनुसार प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी बनाउन कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेकाले उक्त नियमावली बनाइएको सरकारको धारणा छ । राजपत्रमा प्रकाशित भएसँगै यो नियमावली कार्यान्वयनमा गएको छ ।नियमावलीमा कर्मचारीलाई १० प्रकारका बिदाको सुविधा दिइएको छ । जसमा भइपरी आउने बिदा, पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, विवाह बिदा, पर्यटन बिदा, असाधारण बिदा र बेतलवी बिदा छन् ।

बिज्ञापन

कर्णालीका कर्मचारीलाई विवाह गर्न ७ दिन बिदाको व्यवस्था नियमावलीमा गरिएको छ । यस्तै पर्यटन बिदा पनि ७ दिन पाउने व्यवस्था गरिएको छ ।हाजिरी र बिदाको व्यवस्थासहित नियमावलीको परिच्छेद–१४ मा भनिएको छ, ‘कुनै पनि कर्मचारीको विवाह हुने भए त्यस्तो कर्मचारीले सात दिन बिदा पाउने र विवाह बस्दाको पूरा तलब पाउने छ ।’ तर, विवाह बिदा लिने कर्मचारीले कार्यालयमा हाजिर भएको १५ दिनभित्र विवाह दर्ताको प्रमाणपत्र भने पेस गर्नुपर्ने छ । विवाह दर्ताको प्रमाणपत्र पेस नगर्ने कर्मचारीले त्यो बिदाको अवधि उसले पाउने अन्य बिदाबाट कट्टा गरिने नियमावलीमा उल्लेख छ ।

प्रदेशको कुनै पनि कर्मचारीले देशका विभिन्न भू–भागको भ्रमण गर्न ७ दिन बिदा पाउने भएको छ । तर, पर्यटन बिदा स्वीकृत गर्ने अधिकारीले पर्यटकीय स्थलको भौगोलिक अवस्थितिको आधारमा अवधि तोकी भ्रमण आदेश स्वीकृत गर्नुपर्ने छ । पर्यटन बिदा लिएको कर्मचारीले पनि १५ दिनभित्र भ्रमणको विस्तृत विवरण र भ्रमणका क्रममा लिइएको तस्बिर तथा भिडिओ समावेश गरेको प्रतिवेदन पेस गर्नुपर्ने छ ।

बिज्ञापन

कर्मचारीलाई भ्रमण खर्चको पनि व्यवस्था गरिएको छ । अध्ययन बिदामा निजामती कर्मचारीले सेवा अवधिभर एकै पटक वा पटकपटक गरी तीन वर्षसम्म अध्ययन बिदा पाउने व्यवस्था छ । त्यसमा पनि आवश्यक ठानेमा दुई वर्ष थप गर्न सकिने उल्लेख छ । यस्तै किरिया बिदा १५ दिन, प्रसूति स्याहार बिदा १५ दिन पाउने उल्लेख छ । ‘कुनै पनि पुरुष निजामती कर्मचारीले पत्नी सुत्केरी भएमा सुत्केरीको अघि वा पछि गरी १५ दिन बिदा लिन पाउने नियमावलीमा उल्लेख छ । तर, बिदा लिएको कर्मचारीले तीस दिनभित्र बच्चाको जन्मदर्ता प्रमाणपत्र वा पत्नी प्रसूति भएको प्रमाण कार्यालयमा पेस गर्नुपर्ने छ ।

महिला कर्मचारीले भने प्रसूति बिदा ९८ दिन पाउनेछन् । यस्तै बिरामी बिदा १२ दिन पाउने छन् भने घर बिदा १२ दिन पाउने उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कांग्रेसका दुई मन्त्री कठिनाइमा

३० लाख टिकटक भिडियो गायब

‘संवैद्यानिक निकायहरु रिटायर्डमेन्ट क्लब बने, कर्मचारीहरुहरुको कुलिङ पिरियड अत्यावश्यक छ’

“शिक्षा, संस्कार र समाजको पुनर्जागरणमा ‘ज्ञानचक्षु सज्जन विज्ञान’ : ज्ञानहरि पौडेलको दृष्टि र दृष्टान्त”

रविलाई थुनामुक्त गर्न सर्वाेच्चको अस्वीकार

निजामती विद्येयक आगामी मंगलबार संसदमा दर्ता हुने, कुलिङ पिरियडबाट व्याक नहुने

लेखापढीमार्फत २० हजार घुस, रंगेहात अख्तियारको फन्दामा परे खरिदार

२६ उपसचिवहरूको सरुवा

बिशेष