कोषको कार्यकारी निर्देशकमा कार्की

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गरेको हो ।

बिज्ञापन

रमण नेपालले कार्यकाल सकिएसँगै रिक्त रहेको कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका कार्की ४ बर्षे कार्यकालका लागि नियुक्त भएका हुन । कार्की नेपाल राष्ट्र बैंकको ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पाएका कर्मचारी हुन । राष्ट्र बैंकबाट अवकाश भएपछि उनी २०७३ मा ४ वर्षका लागि नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।

बिज्ञापन

कोषका कार्यकारी निर्देशकका लागि अर्थ मन्त्रालयले गठन गरेको कार्यकारी निर्देशक सिफारिस समितिले पर्वतकुमार कार्कीसहित राष्ट्र बैंकको निर्देशकबाट अवकाश पाएका राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा शिवहरि श्रेष्ठ सर्ट लिस्टमा परेका थिए । जसमध्ये कार्कीसहित राजेन्द्र पण्डित र लेखनाथ शर्मा पंगेनीको नाम नियुक्तिका लागि सिफारिस भएका थिए । पंगेनी र पण्डितलाई पछि पार्दै कोषमा कार्की नियुक्त भएका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष