यी हुन सर्वाधिक तलब खाने सूचना प्रविधि क्षेत्रका तीन सिइओ

अहिले सूचना प्रविधिको जमाना छ । दिन प्रतिदिन नयाँ नयाँ डिजिटल प्ल्याट फर्महरु सिर्जना भइरहेका छन् । तर, नयाँ स्टार्टअप सुरु गरेका कतिपय मानिस सफल छन् भने कोही असफल ।

बिज्ञापन

यही भीडमा हामी केही त्यस्ता पात्रहरुको चर्चा गर्दैछौ, जसले आफ्नो डिजिटल आइडिया कै कारण मासिक करोडौँ तलब खान्छन् ।

बिज्ञापन

गुगलका अनुसार यी हुन् सन् २०२३ मा सर्वाधिक तलब भत्ता तथा सेवा सुविधा लिनेहरु स्

१) टिम कूक

बिज्ञापन

उमेरले ६३ वर्ष पुगेका एप्पल इंकुका सीइओ टिम कूक सन् २०११ देखि यसै कम्पनीमा कार्यरत छन् । एमबिए र बिएस पास गरेका उनले सन् २०२३ को बार्षिक तलब भत्ता र सेवा सुविधा बापत ६३।२१ मिलियन अमेरिकी डलर लिएका छन् । जुन ८ अर्ब ३८ करोड नेपाली रुपैयाँ हो ।

यस हिसाबले उनको मासिक तलब भत्ता सरदर ६९ करोड हुन्छ । टिम कूक विश्वकै सबैभन्दा धेरै तलब बुझ्ने व्यक्ति पनि हुन् ।

२) सत्य नदेल्ला

चर्चित कम्पनी माइक्रोसफ्टुका सीइओ हुन् नदेल्ला । उमेरले ५६ वर्ष पुगेका उनी भारतको हैद्रावादमा जन्मेका थिए । उनले बिटेक, एमबिए र एमएस पास गरेका छन् ।

सन् २०२३ मा उनले वाषिर्क तलब भत्ता र सेवा सुविधा वापत ४८ दशमलव ८ मिलियन अमेरिकी डलर लिएका छन् । यो रकम नेपालीमा ६ अर्ब ४३ करोड रुपैयाँ हुन आउँछ । यसर्थ उनको मासिक तलब भत्ता सरदर ५३ करोड हुन्छ । नदेल्ला विश्वकै दोस्रो धेरै तलब खाने कर्मचारी हुन् ।

३) शान्तनू नारायण

एडब इंकका सीइओ नारायण भारतको तेलंगनामा जन्मिए पनि अहिले अमेरिकी नागरिक भइसकेका छन् । उमेरले ६० वर्ष पुगेका उनले बिइ, एमएस र एमबिए पास गरेका छन् ।

सन् २०२३ मा उनले वार्षिक तलब भत्ता तथा सेवा सुविधा वापत ३६ दशमलव १२ मिलियन अमेरिकी डलर लिएका छन् । जुन रकम नेपालीमा ४ अर्ब ७९ करोड हुन्छ । यस हिसाबले उनले मासिक तलब भत्ता सरदर ३९ करोड बुझिरहेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

बिशेष