संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८०/ ८१ र अघिल्लो आर्थिक बर्ष ७९/ ८० को कार्यसम्पादन मूल्यांकन गर्न वा गराउन परिपत्र गरेको छ । मन्त्रालयले ७६ असार १६ को मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार,चालु आर्थिक बर्षको कार्यसम्पादन गर्न वा गराउन सातवटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,प्रदेशका मन्त्रालय,आयोग सचिवालय,निर्देशनालय र कार्यालयहरुलाई साउन १ गतेको सचिवस्तरीय निर्णय अनुसार कासमू […]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिएका छन् । प्रधानमन्त्री ओलीसँगै सोमबार २ उपप्रधानमन्त्री र १९ जना मन्त्रीले शपथ लिएका छन् । ओली क्याबिनेट २२ सदस्यीय भएको छ । केपी ओलीका क्याविनेटमा थरी थरीका मन्त्रीहरु देखिएका छन् । जसमा एउटै जिल्लाका तीन जनाले मन्त्री बन्ने अवसर पाएका छन् । तिनै […]

  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी गीता  भ्रष्टचारी ठहर भएकी छिन् । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी राहत शिक्षिका गीताले भारतबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेकी थिइन्। बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्लीबाट १० कक्षा अध्ययन गरेको भनी उनले पेस गरेको प्रमाणपत्र नक्कली देखिएको विशेषले फैसला सुनाएको छ । […]

कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईं नियुक्त भएका छन् । निजामती सेवामा ३७ बर्ष बिताएर २०७९ सालमा अवकाश पाएका गुरागाईलाई आइतबार बसेको सिफारिस समितिको बैठकले आयोगको अध्यक्षमा गुरागाईंको नाम सिफारिस गरेको थियो । लगत्तै प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई अध्यक्ष नियुक्त गरे ।खरिदारबाट निजामती सेवामा पाइला राखेर दुई बर्ष अघि सचिवबाट अवकाश पाएका […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको निजामती किताबखाना (निजममती)ले देशभरका कर्मचारीहरुलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिइएको छ । राष्ट्रिय किताबखानाले भदौ २८ गतेभित्र कर्मचारीहरुलाई सम्पत्ति विवरण पठाउन आग्रह गरेको छ । राष्ट्रिय किताबखानाले साबिकको सरकारी सेवामा रही कर्मचारी समायेजन ऐन २०७५ अनुसार,संघ,प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई साबिक बमोजिम नै राष्ट्यि किताबखाना […]

रसुवा जिल्लाका एक पालिका वडा अध्यक्षले सार्वजनिक जग्गा मिचेर बंगला ठडाएको बिषयले अख्तियार,सदरमुकाम धुन्चेदेखि टिमुरेसम्म हलचल मच्चिएको छ । गोसाइकुण्ड गाउँपालिका ३ नम्बर वडाका अध्यक्ष मिङमर छिरिङ तमाङ यस्तो बदमासीमा मुछिएको भन्दै अख्तियारमा उजुरी परेपछि हलचल मच्चिएको छ । गोसाईकुण्ड गाउँपालिका वडा नं २ निवासी मिङमर छिरिङ तमाङको कित्ता नं १२५ र १५८ मा कानुन विपरित […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका कागजातहरु नियन्त्रणमा लिएको छ । नियम विपरित मणिपाल शिक्षण अस्पताललाई २० औं करोड राजश्व छुट दिएपछि पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखरा महानगरको कार्यालयमा मंगलबार दिउँसो छापा मारेको छ। अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श […]

कोशी प्रदेशका लेखा अधिकृतहरु काममा फर्किएका छन् । विगत ९ दिनदेखि काम छाडेर आन्दोलनमा होमिएका कर्मचारीहरु शुक्रवारदेखि काममा फर्किएका हुन ।प्रदेश सरकारको उधारो आश्वासन पछि उनीहरु आजबाट काममा फर्किएका हुन । कोशी प्रदेश सरकार मातहतका लेखाका कर्मचारीहरू असार ६ गतेदेखि आन्दोलनमा उत्रिएका थिए । आर्थिक बर्षको अन्त्यमा उनीहरुको आन्दोलनका कारण प्रदेशको सबैखाले भुक्तानी रोकिएको स्थिति […]

प्रोत्साहन भत्ता खोज्दै सिंहदरबारमा संघीय संसद सेवाका कर्मचारीहरु आन्दोलनमा उत्रिए । साता बढी लामो आन्दोलन पछि उनीहरुको मागलाई सम्बोधन गरेको छ सरकारले । आवास सुविधा शतप्रतिशत,अफिस समय अघि पछिको दैनिक एक सयका दरले खाजा खाना भत्ता,शैक्षिक वृत्ति लगायतका सात बुँदे सहमति पछि संसद सेवाको कर्मचारीको आन्दोलन मत्थर भएको छ । उता कोही प्रदेशमा लेखाका अधिकृतहरुको […]

सरकारी अधिकारीहरुले रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकामा २ करोड २८ लाख ७७ हजार बेरुजु रहेको औल्याएका छन् । गत आर्थिक बर्षको उक्त पालिकाको लेखापरीक्षण गर्दा २ करोड २८ लाखको हिसाब किताब गोलमाल भएको महालेखाका अधिकृतहरुले प्रतिवेदन तयार पारेको छन् । महालेखाले तयार पारेको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार उक्त पालिकाले असुल उपर गर्नुपर्ने बेरुजु १० लाख […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।