साढे २५ लाख राजश्व कर्मचारीको गोजीमा,लेखा अधिकृतसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा

सरकारी अस्पतालको राजश्व आफ्नो खल्तीमा हालेको भेटिएसँगै अख्तियारले लेखा अधिकृतसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) सहित कम्युटर अपरेटर (करार) र एक बैंकको कर्मचारीलाई समेत दोषी करार गर्दै तीन विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी सामाजिक सेवा एकाई कार्यक्रमतर्फ कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत कर्मचारी तृप्ती शाही र कुमारी बैंकका एक्स्टेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरलाई प्रतिवादी बनाएर मुद्धा विशेषमा दायर गरेको हो ।

बिज्ञापन

कम्युटर अपरेटर शाहीले स्वास्थ्य वीमा शाखाको नाम दर्ता गर्ने काउण्टरमा खटिई बिमितहरुको नाम दर्ता गर्ने कार्य  गर्दै आईरहेकोमा अनाधिकृत रुपमा बिलिङ्ग काउन्टरमा प्रबेश गरी बिलिङ्ग गर्ने गरेको र बिलिङ्गबाट  प्राप्त रकम बैंक दाखिला नगरी रकम हिनामिना गरी अनियमितता गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

आयोगका अनुसा एक महिनाको अवधिमा यी तीनले अस्पतालमा संकलन भएको राजश्व चौँतीस लाख तीन हजार आठ सय छपन्न रुपैयाँ पचास पैसामध्ये आठ लाख छत्तीस हजार तीन सय तीस रुपैयाँ रकम अस्पतालको खातामा  दाखिला गरी बाँकी पच्चीस लाख सतसठ्ठी हजार पाँच सय छब्बीस रुपैयाँ पचास पैसा रकम हिनामिना गरे गराएको देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा उल्लिखित कसुरजन्य कार्यमा संलग्न देहायका प्रतिवादीहरू उपर विशेष अदालतमा मुद्धा दर्ता गराइएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष