चण्डीका प्रसाद भट्ट आयल निगमको कार्यकारीको कुर्सीमा पुगेपछि सस्थागत सुशासन कसरी माटोमा मिल्दैछ भन्ने अर्काे पनि तथ्य फेला परेको छ । नेपाल आयल निगमको यस अघि नै बोलकबोलका आधारमा डेढ दर्जन डिपो तथा कार्यालयहरुमा दरबन्दीभन्दा भिन्न सेवा समूह र कर्मचारीहरुको खटन पटन गराइएको बिषयमा कर्मचारी प्रेसले समाचार प्रकाशन गरिसकेको छ । आयल निगमका कार्यकारी निर्देशकले आफ्नो मान्छेलाई सबैभन्दा ठूलो डिपोको प्रमुख बनाएर लैजानका लागि कतिसम्म बदमासी गरेको रहेछन् भन्ने तथ्यहरुबाट खुलेका छन् । कर्मचारी खटन पटनमा मनलाग्दी र मनपरी देखिएको छ । त्यसको अर्काे उदहारण हो अमलेगञ्ज डिपो । निगमको सबैभन्दा ठूलो र प्राविधिक डिपो मानिएको अमलेखगञ्ज डिपोको जिम्मेवारीमा छन् प्रलयंकर आचार्य ।
बिज्ञापन
यस अघि नवौं तहका आचार्यलाई डिपो प्रमुख बनाएर खटाइएकोमा उनैलाई पछि दशौं तहमा बढुवा गरिएको भेटिएको छ । आचार्यको बढुवा नै विवादित छ । निगमको जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनद्धारा विज्ञापन नम्बर २- २०८१/ २०८२ दसौं तहका लागि एक जना निर्देशकका लागि विज्ञापन खुलाएको थियो । उक्त विज्ञापनमा अशोक साह (तेली) एकल सिफारिस भएका थिए । उनको सो समयमा ७२ दशमलव २७ अंकसहित बढुवा सिफारिस भएका थिए ।
उक्त बढुवा सिफारिसविरुद्ध उजुरी गरे। र, बढुवा सूची संशोधन गराई प्रलयकर बढुवा हुन सफल भए । सो समयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी थिए। उद्योग मन्त्री भण्डारी,आयल निगमका कार्यकारी निर्देशक चण्डिकाहरुकै जोडबलमा १०औं तहको दरबन्दी रहेको अमलेगञ्जमा ९औं तहका आचार्यलाई कार्यालय प्रमुख बनाएर पठाइयो। निकै विवादपछि हाल आचार्यलाई १०औं तहमा बढुवा गरियो र साह बढुवाबाट बञ्चित गराइएको जानकारहरु बताउँछन् ।
सो डिपोको नेतृत्व प्राविधिक कर्मचारीले गर्नुपर्ने भए पनि कार्यकारी चण्डीप्रसाद भट्टले निगमको प्रशासन सेवाका प्रलयंकर उक्त डिपोको जिम्मेवारी दिएर पठाएका हुन । आचार्य केही अघिमात्र १० औं तहमा बढुवा भएका हुन । सो डिपोमा चण्डीका प्रमुख भएर आएपछि मात्र प्रशासनिक पृष्ठभूमीका कर्मचारीलाई प्रमुख बनाइएको हो । यसअघि उक्त डिपो प्रमुखको जिम्मेवारीमा विनितमणि उपाध्याय, प्रदिप यादव,भरत रेग्मीहरुले उक्त डिपो चलाएका थिए । डिपो तथा कार्यालयका नेतृत्वदायी नियुक्तिहरुमा इन्जिनियर र चार्टर्ड एकाउन्टेन्टलाई नै प्राथमिकता दिनुपर्ने भए पनि राम्रै चलखेल गरी प्रशासन सेवाका कर्मचारीलाई त्यहाँ खटाइनुलाई ठूलो कमजोरी भएको आयल निगमकै कर्मचारीहरु बताउँछन् ।
बिज्ञापन
तिनै प्रलयंकर स्वास्थ्यमा समस्या आएको कारण देखाउँदै एक महिना लामो विदा बसेको खुलेको छ,निर्वाचनको मुखमा । हिजो लाभको पदमा पुर्याएकाहरुले मोटो चन्दा रकम माग गरेपछि गत माघ २५ देखि फागसन २५ सम्म बिदा स्वीकृत गराएर बसेको खुलेको छ । सो समयमा आयल निगमकै उनीभन्दा सिनियर कर्मचारी सुरज साहलाई निमित्त दिइएको पाइएको छ ।
उसो त आयल निगममा चण्डिकाको इन्ट्री नै शंकास्पद् रुपमा हेरिएको छ । उनका गतिविधिहरु उपर अख्तियारको निगरानी परिरहेको बुझिएको छ । पछिल्लो समय अकुतको मुद्धामा उनी रातो घरको छानबिनमा रहेको स्रोतले जनाएको छ ।चण्डिका भट्टविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा परेको उजुरीबारे अनुसन्धान अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।
भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उक्त उजुरीमाथि लामो समयदेखि छानबिन भइरहेको बताइएको छ।
स्रोतका अनुसार अनुसन्धानको फाइल अहिले प्रमुख आयुक्त प्रेम राईले हेर्दै आएका छन्। आवश्यक कागजात, आर्थिक विवरण तथा सम्पत्ति स्रोतसम्बन्धी तथ्य संकलन लगभग पूरा भइसकेको बताइएको छ।
अनुसन्धानमा संलग्न स्रोतहरूका अनुसार दबाब र प्रभाव नपरेको अवस्थामा उक्त प्रकरणमा चाँडै कारबाही प्रक्रिया अघि बढ्न सक्ने संकेत देखिएको छ। यद्यपि अख्तियारले औपचारिक रूपमा भने यसबारे कुनै सार्वजनिक टिप्पणी गरेको छैन।
बजारमा चरम ग्यासको अभाव रहँदा उनै चण्डिकाले व्यापारीहरुकै पक्षपोषण हुने गरी बोलेपछि आपूर्ति सचिवले बैठकमै हकारेको बिषय समेत उद्योग मन्त्रालयका कर्मचारीहरुबीच चर्चाको बिषय बनिरहेको छ ।
आयल निगममा करोडौँ बुझाएर जुनियर र फरक समूहका कर्मचारी बने डिपो प्रमुख, अख्तियार मौन


























