प्रशासन
सरकारले न्याय सेवाका तीन अधिकृतलाई विशिष्ट श्रेणी (सचिवसरह) मा बढुवा गरेको छ। आज बसेको क्याविनेट बैठकले न्याय सेवा न्याय सेवा आयोगको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तीन सहसचिव तहका कर्मचारीलाइ सचिवसरह पदमा बढुवा गरेको हो । बढुवा भएकामा कायम मुकायम महान्यायधिवक्ता खेमराज ज्ञवाली नायब महान्यायधिवक्तामा बढुवा भएका छन् । यस्तै न्याय परिषद्का निमित्त सचिव भद्रकाली पोखरेललाई सर्वोच्च […]
सरकारले तीन जना सचिवको सरुवा गरेको छ । आज बसेको क्याविनेट बैठकले तीन सचिवको सरुवा गरेको हो । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन हेर्ने सचिव मधुसुदन बुर्लाकोटीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाएको छ । त्यहाँ कार्यरत रहेका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको रुपमा सरुवा गरेको छ । सरकारले गत चैत्र १९ गतेमात्र […]
मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको जेनेभा भ्रमण स्वीकृत गर्नेसहित विभिन्न निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्विजरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुने राष्ट्रपति पौडेलको कार्यक्रमलाई स्वीकृत गरेको हो । त्यस्तै बैठकले नेपाल न्याय सेवातर्फको राजपत्रांकित विशिष्ठ श्रेणी पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढा मगर […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुससहित पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा नरहरि खनालविरुद्ध मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । जग्गा नामसारी गर्ने नाममा खनालले सेवाग्राहीबाट ३० हजार रुपैयाँ […]
प्रहरीको उमेर हदसम्बन्धी अध्ययनका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वको सात सदस्यीय कार्यदल गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्री स्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डीआईजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानून उपसचिव, […]
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपी दिने क्रममा गडबडी र बदमासी भएको भेटिएपछि प्रहरीले अनुसन्धानको सुँइ कर्मचारीपट्टी सोझाएको छ । कैलाश सिरोहियालाई नागरिकता दिँइदा तत्कालीन अबस्थामा लागू नै नभएको वंशजको आधारमा नागरिकता दिइएको अनुसन्धानबाट खुलेसँगै प्रहरीले यो प्रकरणमा जोडिएका दुई कर्मचारीलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउनका लागि अदालतबाट पक्राउ पूर्जी […]
प्रहरीमा फेरि पनि ३० वर्षे सेवाहदको खारेजी र उमेरहदबाट अवकाश हुनुपर्ने विषयको बहसले चर्को रुप लिएको छ ।उमेरहदको टण्टोले निजामतीदेखि प्रहरीका हाकिमसम्मलाई तनाव दिइरहेको छ । निजामतीमा ६० बनाउने तयारी हुँदै छ । न्यायाधीशमा ६५, प्रोफेसरहरू ६३ प्रावधान छ र सुरक्षा निकायमा ३० वर्ष प्रावधानले समय–समयमा चर्चा पाउँदै आएको छ । सुरक्षा निकायबीच नै अवकाशमा […]
सरकारले यो वर्ष पनि सरकारी कर्मचारीहरूको तलब र भत्ता नबढाउँदा उनीहरूको क्रयशक्ति कमजोर हुन सक्ने एक विज्ञले बताएका छन्। सरकारले बजेट वक्तव्यमार्फत् शिक्षक, निजामती कर्मचारी, सेना, प्रहरी लगायत सरकारी कोषबाट राष्ट्रसेवकहरूले पाउने तलब र भत्ता थप्ने गरेको छ। अन्तिम पटक आर्थिक वर्ष २०७९-८० को बजेट वक्तव्यमार्फत् २०७९ साउनबाट लागु हुने गरी सबै सरकारी कर्मचारीहरूको तलबमा […]
राष्ट्रसेवकका रूपमा चिनिँदै आएका कर्मचारीहरू दिनहुँजसो भ्रष्टाचार काण्डमा तानिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा ९ सचिवलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलाएको छ । अख्तियारले पछिल्लो १० महिनामा १ सय ५९ वटा मुद्दा लैजादा ४२९ कर्मचारी र २३४ जनप्रतिनिधिसहित १३३१ लाई प्रतिवादी बनाएको छ । चालु आर्थिक बर्षको […]
विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाललाई सफाइ दिएको छ । बुधबार विशेषले उनलाई सफाइ दिने फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ११ असारमा ढकालविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले […]