गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्ने तयारी

जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको गृह मन्त्रालय अब सिंहदरबारभित्रै रहेको पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनबाट सञ्चालन हुने भएको छ।

बिज्ञापन

 

बिज्ञापन

उद्योग मन्त्रालयभन्दा उत्तरतर्फ रहेको टावरयुक्त सो भवनलाई सुरुमा परराष्ट्र मन्त्रालय सार्ने तयारी थियो। तर हालैको आगलागी र तोडफोडले गृह मन्त्रालय कामकाज गर्न नसक्ने अवस्थामै पुगेपछि प्राथमिकताका आधारमा तत्काल त्यहाँ सारिने निर्णय गरिएको हो।सो भवनमा सामान्य क्षति भए पनि मर्मत गरेर प्रयोग गर्न सकिने अवस्था रहेको अधिकारीहरूले जनाएका छन्।

 

बिज्ञापन

भदौ २३ गतेदेखि सुरु भएको जेन–जी युवाको आन्दोलनले भदौ २४ गते सिंहदरबारको मुख्य भवनसहित संसद, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत र विभिन्न मन्त्रालयमा तोडफोड र आगजनी गरेको थियो। त्यसै क्रममा गृह मन्त्रालय पनि गम्भीर रुपमा प्रभावित भएको हो।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कृष्णभीरमा परीक्षण सफल, तर असोज १ गतेसम्म यातायात खुला नहुने

८७ सिडिइको सरुवा (सूचीसहित)

अब पालो सुशासनको

यूटिएलको लाइसेन्स जोगाउने पूर्वराजाका ज्वाइको सबै प्रयास बिफल

निमित्त मन्त्रालयमा तानेर पाँच महिना पछि वोर्डले खोज्यो सीइओ

सीडीओका स्वकीयसहित २ जनाको मृत्यु

१५३४ नियुक्ति एकै झड्कामा खारेज,पाँच महिनामा बल्ल ६३ ले पाए नियुक्ति

ठेक्काको डिजिटल ढोका बन्द, फर्कियो कागजी युगमा

बिशेष