निभाउन थालियो सडक विभाग भवनको आगो

‘जेन जेड पुस्ता’को आन्दोलनका क्रममा मंगलबार राजधानीका विभिन्न सरकारी संरचनामा आगजनी हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभागको भवन जलेर सखाप भएको छ ।

बिज्ञापन

 

बिज्ञापन

मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार मन्त्रालयको मुख्य भवनमा भने खासै क्षति नभए पनि मातहतका यी दुई महत्त्वपूर्ण विभाग पूरै जलेका छन् । “अहिले पनि भवनभित्र आगो बलिरहेको छ,” उनले भने, “ललितपुर महानगरपालिकाको दमकल ल्याएर आगो निभाउने प्रयास भइरहेको छ । भवन मात्रै होइन, गाडीहरू समेत जलेका छन् ।”

 

बिज्ञापन

उनका अनुसार भवन र सवारीसाधनमा भएको क्षतिको विस्तृत विवरण भने अझै आइसकेको छैन । “छिट्टै क्षतिको तथ्यांक संकलन हुनेछ,” प्रवक्ता अधिकारीले जानकारी दिए ।

 

आगलागीका कारण सिंहदरबारका ऐतिहासिक तथा कलात्मक प्रशासनिक भवनहरू समेत खरानीमा परिणत भएका छन् । मंगलबारै प्रदर्शनकारीले सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका विभिन्न मुख्य सरकारी संरचनामा समेत आगजनी गरेका थिए ।

 

आगलागी नियन्त्रणका लागि विभिन्न स्थानीय तहका दमकल परिचालन गरिएका छन् । यता, सिंहदरबार पुगेका कर्मचारीले जलेका संरचनाको सरसफाइ सुरु गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

बिशेष