प्रधानमन्त्रीको स्वागतका लागि तयारी रहन सचिवहरुलाई मुख्यसचिवको निर्देशन

लामो रस्साकस्सीका बीच अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीका रुपमा सुशीला कार्की नियुक्ति हुने पक्कापक्की भएको छ । हिजो शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कामचलाउ प्रधानमन्त्री,सभामुख,कानुन व्यवसायीहरुसँग लामो छलफल गरेसँगै अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीका रुपमा पूर्व प्रधानन्यायधीश सुशीला कार्कीलाई नियुक्ति गर्ने तयारी भएको हो ।

बिज्ञापन

शीतल निवासमा नयाँ प्रधानमन्त्री नियुक्तिका लागि छलफल चलिरहँदा मुख्य सचिव एकनारायण अर्यालले भने सचिवहरुसँग मन्त्रालयगत क्षतिको विवरण लिँदै प्रधानमन्त्री र मन्त्रीहरुको स्वागतका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

बिज्ञापन

बुधबार मध्यान्ह १२ बजे दखि १ः३० सम्म र बिहिबार अपरान्ह झण्डै साढे दुई घण्टा मुख्यसचिव र सचिवहरूबीच भर्च्युअल बैठक बसेको थियो । सो बैठकमा मुख्य सचिव अर्यालले विभिन्न मन्त्रालयमा भएको क्षतीको विवरण लिएसँगै आज वा भोलिभित्रैमा नयाँ प्रधानमन्त्री आउनसक्ने भएका कारण प्रधानमन्त्री र मन्त्रीहरूका लागि ठाउँ सफा गरेर राख्न सचिवहरूलाई निर्देशन दिएका हुन ।

हिजो अपरान्ह २ बजेदेखि ४ बजेर १५ मिनेटसम्म सरकारका सचिवहरूको जुम बैठकको क्रममा शुरुमा मन्त्रालयहरुको क्षतीको प्रारम्भिक रिर्पोट लिने काम मुख्यसचिवबाट भयो । त्यसपछि प्रधानमन्त्री र मन्त्रीहरुको शपथ ग्रहण र पदभारको प्रसंग निकाल्नुभएको बैठकमा सहभागी एक सचिवले कर्मचारी प्रेसलाई बताए । मुख्य सचिवको भनाई उद्धृत गर्दै उनले भने नयाँ आउने प्रधानमन्त्री र मन्त्रीहरू सामान्य सेवा सुविधा खोज्नेहरू आउनुहुन्छ, प्रेसर पर्देन यद्यपि हामी तयारी अवस्थामा रहनु पर्छ ।’

बिज्ञापन

मुख्यसचिवले मन्त्रालयका कोठाहरू सफा गरेर बस्न योग्य बनाउन र टेण्ट टाँगेर भए पनि तयारी अवस्थामा रहन सचिवहरूलाई सूचित गरेका थिए। तर राष्ट्रिय योजना आयोगका सचिव सुमन अर्यालले योजना आयोगमा उपाध्यक्ष र सदस्यहरु नभएका कारण मन्त्रीहरूका लागि कोठाहरू उपालब्ध भएको जानकारी गराएका थिए ।

भचर्सअल बैठमा लोकसेवा आयोगका सचिव किरण शर्मा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण दुवाडी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर, अर्थमन्त्रालयका सचिव घनश्याम उपाध्याय, भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा लगायतले मन्त्रालय र कार्यालयहरूमा भएको क्षतिको विवरण पेस गरेका थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुख्यसचिव अर्याल : “नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ”

प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई शीतल निवासको निर्देशन

संक्रमणमा प्रशासनको भूमिका

प्रधानमन्त्रीको स्वागतका लागि तयारी रहन सचिवहरुलाई मुख्यसचिवको निर्देशन

सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने तयारी,९ बजे पछि शपथ

रसुवामा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला निषेध

जेन जेड आन्दोलन : शीर्ष नेताहरूका दर्जनौं घरमा आगजनी

रसुवा कारागारबाट ९८ कैदी फरार, ७२ पक्राउ, बाँकीको खोजी जारी

बिशेष