गृह मन्त्रालयका लागि बनाइएको नव निर्मित भवनमा प्रधानमन्त्री कार्यालय राखिने भएसँगै गृह मन्त्रालयलाई सामान्य प्रशासनको पूरानो भवन रहेको स्थानमा सारिने भएको छ ।
बिज्ञापन
गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका कारण सिंहदरबारभित्रका अधिकांश मन्त्रालय क्षतिग्रस्त भएका छन् । सिंहदरबारभित्र र बाहिर रहेका २२ मन्त्रालयमध्ये ४ वटा मन्त्रालय पूर्ण रुपमा क्षतिग्रस्त रहेको जनाइएको छ भने बाँकी मन्त्रालयहरु आशिंक रुपमा क्षति भएको पाइएको छ ।
बिज्ञापन
आज मुख्यसचिव अर्यालको नेतृत्वमा विभिन्न मन्त्रालयका सचिवहरु सिंहदरबार पुगेर प्रधानमन्त्रीको कार्यालय खोजी गरेका हुन् । प्रधानमन्त्रीको कार्यालय राख्ने भनिएको गृहको नयाँ भवनमा फिनिसिङको केही काम बाँकी रहेको बताइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा र गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि शतप्रतिशत क्षति भएको छ । यस्तै,सञ्चार तथा सूचना प्रविधि, कानुन, भौतिक पूर्वाधार, खानेपानी, परराष्ट्र, अर्थ, सहरी विकास, खेलकुद जस्ता मन्त्रालयमा खासै क्षति छैन । आंशिक क्षति भएका मन्त्रालयहरुमा सामान्य प्रशासन, कृषि, शिक्षाजस्ता मन्त्रालय छन् ।
यसरी पूर्ण रुपमा क्षतीग्रस्त भएकामध्ये प्रधानमन्त्री कार्यालयलाई गृह मन्त्रालयको नयाँ भवनमा सार्ने गरी काम अगाडि बढेको छ भने गृह मन्त्रालय पूर्ण रुपमा क्षतिग्रस्त भएका कारण रानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने भएको छ ।यस अघि सो भवनमा परराष्ट्र मन्त्रालय सार्ने तयारी चल्दै थियो । सिंहदरबारमा रहेको मन्त्रालयमध्ये आफ्नै भवन नभएको मन्त्रालयको रुपमा चिनिन्थ्यो परराष्ट्र । हाल परराष्ट्र मन्त्रालय बसिरहेको भवन अर्थ मन्त्रालयको हो । अर्थ मन्त्रालयले उक्त भवन खाली गरिदिन यस अघि पटक पटक परराष्ट्रलाई आग्रह गरेको थियो जेनजीको प्रदर्शनको क्रममा अर्थ मन्त्रालयमा ठूलो क्षति भएका कारण अहिले परराष्ट्र मन्त्रालय बसिरहेको भवन अर्थका लागि खाली गरिदिनुपर्ने स्थिति आएको छ । यस अघि परराष्ट्र मन्त्रालयलाई हाल गृह मन्त्रालय बसेको भवनमा सर्ने तयारी गरिरहेको थियो । गृह मन्त्रालय बस्नुअघि उक्त भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थियो ।
बिज्ञापन
शिक्षा मन्त्रालयको काम केशर पुस्तकालयबाट गराउने तयारी भइरहेको छ भने ध्वस्त भएका अन्य मन्त्रालयका कामहरु कहाँबाट कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल जारी रहेको एक सचिवले कर्मचारी प्रेसलाई जनाएका छन् ।