सिंहदरबारमा आगजनी र लुटपाटमा संग्लग्न आठ जना पक्राउ परेका छन् ।
बिज्ञापन
नेपाली सेनाका अनुसार गत २४ भदौंमा जेनजीको प्रदर्शनपछि उग्र भएको एउटा समूहले सिंहदरबार,अदालत,अख्तियारदेखि व्यवसायीहरुका भवनमा आगजनी गरेका थिए । यस्तै समूहमध्ये एउटा थियो,मुलुकको प्रमुख प्रशासकीय केन्द्रमा आगजनीदेखि लुटपाटमा संलग्न । सोही कुकर्ममा संग्लग्न रहेको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएको छ ।
यसरी नेपाली सेनाको नियन्त्रणमा लिइएका आठ मध्ये सप्तरीका २३ वर्षीय जावेद अख्तर, सिरहाका विसान शाह, सुरज यादव, प्रदीप यादव, निरज सिहं, सन्तोष मण्डल र जनकपुरका दीपक मण्डल र निरज यादव पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीचौकीबाट लुटिएको गोली, दुईवटा म्यागेजिन, हतकडीका अलवा लुटिएका सामान बरामद गरिएको छ ।
बिज्ञापन
सो दिनमा भएको आगजनी र तोडफोडका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,शिक्षा,गृह र अर्थ मन्त्रालय पूर्णत क्षतिग्रस्त भएको छ भने अन्य मन्त्रालयमा समेत क्षती पुगेको छ । यी चार मन्त्रालय पूर्णत क्षती पुगेको छ ।