मुख्यसचिव अर्याल : “नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ”

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन पूर्ण रूपमा तयार रहेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेन–जी पुस्ताको मागअनुसार बन्ने सरकारसँग सहकार्य गर्न ब्युरोक्रेसी तयार रहेको स्पष्ट पारे ।

बिज्ञापन

 

बिज्ञापन

अर्यालका अनुसार मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेका छन् । उनले राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सुरु भइसकेको जानकारी दिए । “हामीले हिजोदेखि राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरू अनलाइनबाट सुरु गरिसकेका छौँ । खानेपानी, विद्युत्, टेलिफोनलगायत जनतालाई दिनुपर्ने सेवाका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छौँ,” उनले भने ।

 

बिज्ञापन

मुख्यसचिवले हाल सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अवस्था सामान्यतर्फ उन्मुख भइरहेको बताए । उनका अनुसार मन्त्रालयका सचिवहरूसँग भर्चुअल छलफलमार्फत आवश्यक निर्देशन दिइसकिएको छ ।

 

सिंहदरबारस्थित पूर्वाधार निरीक्षणका क्रममा उनले प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै पूर्वाधार तथा सवारीसाधनको क्षतिबारे छिट्टै प्राविधिक मूल्याङ्कन हुने जानकारी पनि दिए ।

 

उनले थपे, “अब जेनजी पुस्ताको मागअनुसार सरकार बनोस् । नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ । सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका विषयमा छलफल भइसकेको छ ।”

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुख्यसचिव अर्याल : “नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ”

प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई शीतल निवासको निर्देशन

संक्रमणमा प्रशासनको भूमिका

प्रधानमन्त्रीको स्वागतका लागि तयारी रहन सचिवहरुलाई मुख्यसचिवको निर्देशन

सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने तयारी,९ बजे पछि शपथ

रसुवामा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला निषेध

जेन जेड आन्दोलन : शीर्ष नेताहरूका दर्जनौं घरमा आगजनी

रसुवा कारागारबाट ९८ कैदी फरार, ७२ पक्राउ, बाँकीको खोजी जारी

बिशेष