दिल पौडेलको कविता :- मन्त्रीको मान्छे

शक्तिको नाप
कुटनीतिक चापमा
अनेकौ बिचारको खेति गर्छन्
प्याथोक्रेसीमा
रणनीतिक बुटी
भान्साको डाडु पुनेउ
दिल्ली टोन र अमेरिका स्केच
सन्तुलित पार्दै
चीनलाई आँखा संन्काई रहेछन
र ती बिचरीहरु भंदैछन –
आतंकबादी जथालाई ’क्रेडिट’ दिनु हुन्न
========= =========
बिचारी भन्दा ठूला सुडेवाल÷ भुड़ेवाल
माहबिचारीहरू भन्दैछन् –
’यो कलिको राज्य हो’
’यहाँ पापको फलिफाप हुन्छ’
सिमाना अतिक्रमण
तोतेबोलीमा बिमति दर्ज
गति न मतिको ’हुक’ सिधान्त
सबैले यस्तै ’हेल्मेट’ लगाई रहेछन
हिन्दु सर्बोच्चताभित्र
मन्त्रीका मान्छे
बहुरुपीया सत्ताको दीर्घायु खातिर
बोक्रे भक्तिको ढोलक बजाईरहेछन्
चौसठ्ठी कलाले नि.पुण छन्
दुधले नुहाएका भन्छन् –
’हरेक मानिसभित्र जनावर छिपेको हुन्छ’ı
माटोलाई देउता बनाउदै
मन्त्रीका मान्छेहरु
बहुधूर्बियेताको घेराभित्र
धर्म–संकृति राजनीतिको
’फल्ट लाईन’ चलाई रहेछन्
तालाचाबी त्रिजटासंग छन्
मन्त्रीका मान्छेहरु
विश्वशान्तिका ढोंग मच्चाइ रहेछन्
भीत्तेचित्रमा उपनिवेश जिउदैछ
अज्ञयवादीहरू रसेलको ’इन्डक्टिनेट’ लाई घृणा नगर
बरु बसन्त क्रान्ति गर

बिज्ञापन

(कवि पौडेल नागार्जुन साहित्यिक प्रतिष्ठान,काठमाडौंका अध्यक्ष हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष