समितिहरु ऐन विपरित चले नगरपालिकाको सनासो

ऋषि भट्टराई

बिज्ञापन

बुटवल उपमहानगरपालिकाले जलसोत उपयोग र त्यससम्बन्धी  ऐनबारे बुटवलका खानेपानी समितिहरुसँग छलफल गरेको छ । नगरभित्रका ४४ वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुसँग जलस्रोत ऐनबारे छलफल गर्दै नयाँ व्यवस्थाअनुसार समिति सञ्चालन गर्न आग्रह गरिएको छ ।

बिज्ञापन

हिजो आयोजित कार्यक्रममा जलस्रोत ऐनबारे अधिवक्ता घनश्याम पन्त र समितिको अधिकारका बारेमा ध्रुव धितालले जानकारी गराएका थिए । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै खानेपानी समितिलाई नीति र विधिमा रहेर विधानसम्मत तरिकाले सञ्चालन गर्न आग्रह गरेका छन् ।

बिज्ञापन

उनले उपभोक्ता र समिति दुवैलाई लाभ हुने हिसाबले नियममा रहन मद्दत पुग्नेगरी जलस्रोत ऐन बनाइएको बताए ।  ‘हामीले सम्बन्धित विज्ञ र उपभोक्ताहरुको सुझाव र सल्लाहमा यो ऐन बनाएका छौं,’ उनले भने, ‘सोहीअनुसारले खानेपानी समितिहरु सञ्चालन गर्न र बुटवलभित्र जलस्रोतका क्षेत्रमा जुनसुकै काम गर्न यो ऐन उपयोगी हुने छ ।’

केही समितिले चर्को शुल्क निर्धारण गरेको, तोकिएको अवधिभित्र अधिवेशन र साधारण सभा नगरेको र व्यक्तिकेन्द्रित रुपमा संस्था सञ्चालन गरेको प्रमुखको आरोप छ । त्यस्ता गुनासा आएकाले आगामी दिनमा त्यसो गरिएमा कानुनबमोजिम समितिलाई कारबाही गरिने उनको दाबी छ ।

कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्षहरुले जिल्ला विकास समितिमा दर्ता भएका समिति र नयाँ समितिलाई एउटै व्यवहार गर्न नहुने उल्लेख गर्दै गलत काम गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् । बुटवल उपमहानगरपालिकाले गत पुसमा राजपत्रमा प्रकाशित गरेको जलस्रोत उपयोग ऐन अनुसार ३३ प्रतिशत महिला रहने गरी उपभोक्ता समिति गठन गर्नसक्ने र त्यस्तो समिति बुटवल उपमहानगरपालिकामा दर्ता गर्नैपर्ने व्यवस्था छ । बुटवलभित्र खानेपानीका लागि बोरिङ वा मुहानबाट पानी ल्याउनुपर्ने भएमा अनुमति लिनुपर्ने र शुल्कसम्बन्धी व्यवस्था नगरले तोकेकोभन्दा बढी लिन नपाइने ऐनमा लेखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुख्यसचिव पदका लागि चार सचिवको दौड,यस्तो छ योग्यता-विज्ञता र कार्य अनुभव

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,नियुक्तिदेखि दरबन्दी तेरिज स्वीकृतसम्म

सडकमा १८३ सबइञ्जिनियरहरुको सरुवा

अर्थका २० अधिकृतको सरुवा : राजश्व अनुसन्धान विभागमा १५ को ‘इन्ट्री’

अध्यादेशद्धारा उल्टियो ओली सरकारको निर्णय

अध्यागमन विभागद्वारा विदेशीमाथि कडाइ — ‘निगरानी नराखिए राष्ट्र कमजोर हुने’ निर्देशन

भरतपुरका प्रमुख प्रशासकीय भन्छन् “धुर्मुस सुन्तली फाउण्डेसनको ऋृण तिर्न कानुनी आधार भेटिएन”

मन्त्रिपरिषद्को बैठक बस्दै,निर्वाचनमा सेना परिचालनको निर्णय गर्ने

बिशेष