कलाकार कमरेडहरु अहिले कुन कित्तामा ?

कुनै समय माओवादी ‘सिंह’ जस्तो थियो छुट्टै सान,विस्तारै पार्टी खुम्चदै गयो,मरेको बिरालालाई उपियाले छाडेझैं पार्टी छाड्नेहरु बढ्दै गए । ठ्याक्कै १५ बर्ष अगाडि एकै पटक माओवादीमा ९६ कलाकारहरु प्रवेश गरे । त्यसरी प्रवेश गर्नेमा एकाध बाहेक अधिकांश मण्डले थिए । ती आज कहाँ पुगे ?
२०६६ असार १३ गतेका दिन एकै दिन माओवादी पार्टी प्रवेश गरेका चर्चित कलाकार, गायक तथा प्राविधिकहरुमध्येका हुन युवराज लामा, केपी पाठक, राजेन्द्र खड्गी, मौसमी मल्ल, शिव रेग्मी, सुभाष गजुरेल, अञ्जु पन्त, एनबी महर्जन, जयनन्द लामा, दीपक श्रेष्ठ, छवि ओझा, निर्मल शर्मा गैंडा, रामकृष्ण बजगाईँ, उदय सुब्बा, गोपालचन्द्र लामिछाने, सुरज सुब्बा, राजन घिमिरे, रामजी लामिछाने, हिमाल केसी, सिर्जना बस्नेत, गोपाल कायस्थ, सुरज चन्द, ईकु, शम्भु सापकोटा, सौरभ लामा, निर्जल श्रेष्ठ, विनोद सेरेङ, डिक खड्का, मौनता श्रेष्ठ, कल्याण घिमिरे, सुनिलदत्त पाण्डे, दीप तुलाधर यी मध्ये अवसर पाउनेहरु केही माओवादीमै छन् । केही अवसर पाएर पार्टी सानो र खुम्चदै गएपछि लाखापाखा लागेका छन् ।
जस्तो मौसमी मल्ल दोश्रो चुनावमा पार्टी सानो भएपछि वेपत्ता ,राजेन्द्र खड्गी ‘प्रचण्ड दाई’भन्दै हिड्छन् तर कुनै कमिटिमा छैनन् । युवराज लामा माओवादी बनेर राष्ट्रिय खेलकुद परिषद्को् सदस्य सचिव बने,पार्टी खुम्चदै गएपछि उनी सक्रिय छैनन् । चेतन सापकोटाले अञ्जु पन्त,निर्मल शर्मा ‘गैडा’लाई बोकेर ल्याएर माओवादी बनाए । ती पनि अहिले माओवादी रहेनन् । सुरेन्द्र केसी,सुरविर पण्डितहरु भुतले खाजा खाने समयमा काँग्रेसतिर प्रवेश । लक्ष्मण शेष बाबुरामपट्टि लागे । कुनै समय सुरेश अधिकारी माओवादी निकट चलचित्रकर्मी संघको महासचिव खाए । महेश खड्का सोही संस्थामा आवद्ध थिए जब माओवादी खुम्चदै थिए यी नव कमरेडहरु सबै निस्क्रिय रहे । प्रचण्डसँग कुम जोडेर नाचेर एकाएक माओवादी बनेकी रेखा थापा उमेद्धार त बनिन तर भोटर लिष्टमा नामै नभेटिए पनि माओवादी छाडेर राप्रपा बनिन ।

बिज्ञापन

५२ सालमा काँग्रेसमा गएका शिवजी लामिछाने जनयुद्धलाई दुत्कार्ने गरी सिनेमा बनाए । पछि तिनैलाई अवसरमाथि अवसरको खात लगाइयो । चलचित्रकर्मी संघको अध्यक्ष खाए । ईश्वरचन्द्र ज्ञवाली वोर्ड अध्यक्ष,वोर्ड सदस्य चलाए । दोश्रो संविधानसभामा समानुपातिक सूचीमा परेनन् माओवादी र संगठन छाडेर हिडे । यसरी माओवादी बनेका कलाकार अधिकांश लाखापाखा लागिसकेका छन् । उदय सुब्बा अध्यक्ष चलचित्रकर्मी संघका अध्यक्ष छन् । उक्त संघमा ३५ जनाको किमटी छ,त्यहाँ ६० जना आवद्ध छन् । रामेश्वर बुर्लाकोटी,केएल पीडित,किसान पोखरेल लगायतका सीमित कलाकारमात्र माओवादीसँग छन्,अहिले । उदय सुब्बा विकास बोर्ड सदस्य खाए ।

बिज्ञापन

चेतन सापकोटा प्राज्ञमा नियुक्ति भेट्टाएका छन् । भुपेन्द्र खड्का सेन्सर पोर्ड सदस्य,राजु केसी विकास बोर्ड सदस्य । पार्टी ठूलै भइरहेको भए यी कलाकार पनि पार्टीसँगै हुन्थे होला । पार्टी टुक्रदै,चोइटिदै गयो । कुनै समय ठूलो पार्टी,अहिले ३२ सिटमा खुम्चियो । सत्ता र शक्तिबाट सडकमा पुगेपछि माओवादी भन्दै हिड्ने केपी पाठकजस्ता सीमित कलाकर्मीमात्र बाँकी रहने स्थिति देखिन्छ । जो ४४ सालमै मसाल हुँदै माओवादी बनेका उनी निस्वार्थ ढंङ्गले पार्टीका काममा सक्रिय छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

बिशेष