कोशी प्रदेशको कार्यसम्पादनमा तेह्रथुम उत्कृष्ट

कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कृष्ट घोषित भएको छ । गृह मन्त्रालयले मंगलबारमात्र देशभरका स्थानीय तहहरुको कार्यसम्पादन मूल्याकनको आधारमा नतिजा सार्वजनिक गरेको थियो । उक्त नतिजा अनुसार कोशी प्रदेशकै जिल्लाहरुमध्ये तेह्रथुम उत्कृष्ट घोषित भएको हो ।

बिज्ञापन

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौताका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय ७५ अङ्क प्राप्त गरी उत्कृष्ट ठहरिएको हो ।गृहको रिर्पोट कार्ड अनुसार,सबैभन्दा अब्बल रुपन्देही जिल्ला प्रशासन देखिएको छ । यस्तै कार्यसम्पादनमा उत्कृष्ट १० जिल्लामा पाल्पा,बागलुङ,पश्चिम रुकुम, मकवानपुर, पर्वत जिल्ला रहेका छन् । यस्तै गुल्मी प्रशासन,तेह्रथुम,रोल्पा,सोलुखुम्बु र डडेलधुरा जिल्ला प्रशासन टप टेनभित्र पर्न सफल भएका छन् ।

बिज्ञापन

गृहको रिर्पोट कार्ड अनुसार,पाल्पा जिल्ला प्रशासनले ९७ दशमलव ७५ अंक ल्याएको छ भने बागलुङले ९७ दशमलव ६२, पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले क्रमशः ९७ दशमलव ५ ल्याएको । यस्तै मकवानपुर जिल्ला प्रशासन र पर्वत जिल्ला प्रशासनले समान ९७ दशमलव ३७ अंक ल्याएका छन् । यस्तै गुल्मी जिल्ला प्रशासनले ९७ अंक ल्याउँदा तेह्रथुमले ९७ दशमलव ८७,रोल्पालेर ९७ दशमलव ७५, सोलुखुम्बु ९६ दशमलव ५८ र डडेलधुरा जिल्ला प्रशासन ९६ दशमलव ४३ अंक ल्याएका छन् । कार्यसम्पादन मूल्याकंनको रिर्पोट कार्ड अनुसार पुच्छरमा धनुषा जिल्ला प्रशासन रहेको छ ।

यस अघिको आर्थिक बर्षमा ३७ औं स्थानमा रहेको तेह्रथुम अघिल्लो आर्थिक बर्षमा आठौं स्थानमा रहेको छ । जिल्लामा शान्ति, सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयका आधारमा तेह्रथुमले उक्त अङ्क पाएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् । अर्याल पछिल्लो चार महिना देखि उक्त जिल्लाको प्रमुख जिल्ला अधिकारीको कुर्सीमा छिन् । यस अघि २०८० जेठ ८ गतेदेखि चैत्रसम्म कृष्ण पौडेल उक्त जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए । पौडेलले यस अघि रसुवा,ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारी चलाइसकेका कर्मचारी हुन । उनी गृह प्रशासनका अनुभवी प्रशासक मानिन्छन् । यस्तै मीनाले यस अघि नै अर्घाखाँचीको जिल्ला प्रशासन कमाण्ड गरिसकेकी छिन् । प्रमुख जिल्ला अधिकारीको रुपमा यो उनको यो दोश्रो जिल्ला हो ।

बिज्ञापन

कोशी प्रदेशको सोलुखुम्बु भने ७७ जिल्लाको सूचीमा दशौँ स्थान छ । यद्यपि कोशी प्रदेशमा भने दोस्रो स्थान हासिल गरेको छ । धनकुटा ९५ दशमलव आठ सय ७५ अङ्क प्राप्त गर्दै कोशी प्रदेशमा तेस्रो भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आन्दोलनको तयारीप्रति पोखरेलको आक्रोश : ‘बच्चा जन्मिएपछि अप्रेसनको तयारी!’

मालपोत प्रमुख आचार्य फेरि विवादमा, भैरहवाको विमानस्थल प्रकरणपछि पनि मिलेको छैन शैली

मिनेन्द्र रिजालको आशीर्वाद:- उद्योगको ट्रेडमार्कमा गौतमको “राज”

ट्रेड युनियनकर्मीहरूद्वारा आन्दोलनको घोषणा, आज संघीय संसदको पश्चिम गेटमा धर्ना

प्रतिनिधि सभामा संघीय निजामती सेवा विद्येयक पेश हुँदै

प्रदेश सभाबाट पारित भयो स्थानीय सेवाको गठनसम्बन्धी विधेयक

निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवा आयोगमा पठाउने

आदिवासीको विकास र उत्थानमा गम्भीर भएर लाग्न मन्त्री गुप्ताको निर्देशन

बिशेष