गृहको रिपोर्टमा रसुवा जिल्ला प्रशासनलाई ‘ए प्लस’

गृह मन्त्रालयको कार्यसम्पादन रिर्पोटमा रसुवा जिल्ला प्रशासन यस पटक पनि ए प्ल ग्रेड ल्याएको छ ।  गृह मन्त्रालयले ७७ जिल्लाको प्रमुख जिल्ला अधिकारी वा जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकन रिर्पोट सार्वजनिक गरेको छ । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच अघिल्लो बर्ष भएको कार्यसम्पादन मुल्यांकनमा रसुवा जिल्ला प्रशासनले ९१ दशमलव ४३७ अंक सहित ए प्लस ग्रेड ल्याएको हो । उक्त जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा वेदनिधि खनाल छन् । खनाल गृह प्रशासनमा अनुभवी प्रशासक मानिन्छन् । यस अघि नै तीन वटा जिल्ला प्रशासन कमाण्ड गरिसकेका उनी ९ महिना देखि रसुवा जिल्ला प्रशासनको कमाण्ड गरिरहेका छन् ।०७१ सालमा उपसचिवमा उक्लिएका उनी यस यता एयरपोर्ट,तेह्रथुमको प्रमुख जिल्ला अधिकारी,राष्ट्रिय आपतकालिन केन्द्रको प्रमुख,सोलुखुम्बु जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदै सिन्धुपाल्चोक जिल्लाको सिडिओ चलाए । चार महिना बीरगञ्जका सहायक सिडियो चलाएका खनाल त्यसपछि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उनको सचिवालयबाट रसुवाको प्रमुख जिल्ला अधिकारीको कुर्सीमा छन्,विगत ९ महिनादेखि । गृह प्रशासनमा अनुभवी खनालले कमाण्ड गरेको जिल्ला प्रशासन रसुवाले ९२ अंक सहित ए प्लस ग्रेड ल्याउन सफल भएको हो ।

बिज्ञापन

गृहको रिर्पोट कार्ड अनुसार,सबैभन्दा अब्बल रुपन्देही जिल्ला प्रशासन देखिएको छ । यस्तै कार्यसम्पादनमा उत्कृष्ट १० जिल्लामा पाल्पा,बागलुङ,पश्चिम रुकुम, मकवानपुर, पर्वत जिल्ला रहेका छन् । यस्तै गुल्मी प्रशासन,तेह्रथुम,रोल्पा,सोलुखुम्बु र डडेलधुरा जिल्ला प्रशासन टप टेनभित्र पर्न सफल भएका छन् ।

बिज्ञापन

गृहको रिर्पोटकार्ड अनुसार,पाल्पा जिल्ला प्रशासनले ९७ दशमलव ७५ अंक ल्याएको छ भने बागलुङले ९७ दशमलव ६२, पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले क्रमशः ९७ दशमलव ५ ल्याएको । यस्तै मकवानपुर जिल्ला प्रशासन र पर्वत जिल्ला प्रशासनले समान ९७ दशमलव ३७ अंक ल्याएका छन् । यस्तै गुल्मी जिल्ला प्रशासनले ९७ अंक ल्याउँदा तेह्रथुमले ९७ दशमलव ८७,रोल्पालेर ९७ दशमलव ७५, सोलुखुम्बु ९६ दशमलव ५८ र डडेलधुरा जिल्ला प्रशासन ९६ दशमलव ४३ अंक ल्याएका छन् । कार्यसम्पादन मूल्याकंनको रिर्पोट कार्ड अनुसार पुच्छरमा धनुषा जिल्ला प्रशासन रहेको छ । धनुषा जिल्ला प्रशासनले ७६ दशमलव २५ अंक ल्याएको छ ।

गृहले हरेक बर्ष मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरुबीच कार्यसम्पादन सम्झौता गर्दै आएको छ । उक्त सम्झौताका आधारमा विभिन्न परिसूचकहरूलाई मुल्यांकनलाई आधार मानी प्रत्येक बर्ष कार्यसम्पादन मुल्यांकनको प्रतिवेदन तयार गर्दै आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धमाधम राजीनामा दिँदै कर्मचारी,साता दिनमै चार अधिकृतले दिए राजीनामा

भ्रष्टाचार मुद्धामा दुई उपसचिव दोषी ठहर,२ बर्ष कैद,१ करोड जरिवाना

सरकारी कार्यालयका फोन नउठ्ने र वेबसाइट अपडेट नहुने गुनासोपछि प्रधानमन्त्री कार्यालयको कडा निर्देशन

दुई अधिकृतमाथि कारवाहीको डण्डा

त्रिभुवन विमानस्थलका दुई अध्यागमन अधिकृत छानबिनमा

निजामतीलाई १५ दिनमै तलब,शिक्षकले चार महिना कुर्नुपर्ने

सिंहदरबारबाट गाउँपालिका खटाइएका कर्मचारीद्धारा धमाधम राजीनामा

पालिका पठाएका जेनजी आन्दोलनका अगुवा गणेश घिमिरेले दिए राजीनामा

बिशेष