आम्दालाई मेडिकल कलेज बनाउने तयारी

ऋृषि भट्टराई

बिज्ञापन

बुटवल । बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी तयारी तयारी अगाडी बढेको छ । इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तरराष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी प्रस्ताव लगिने भएको हो । जसका लागि बुटवलमा रहेको स्थानीय व्यवस्थापन समिति र आम्दा नेपालले निर्णय गरिसकेका छन्। २३ राष्ट्रमा सञ्जाल रहेको आम्दा इन्टरनेशनलको सभाले अनुमोदन गरेपछि बुटवलमा आम्दा इन्टरनेशनल मेडिकल कलेज बन्ने प्रक्रिया शुरु हुनेछ ।

बिज्ञापन

आम्दा बुटवलको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षता र आम्दा इन्टरनेशनलका अध्यक्ष डा सिगेरु सुगानामीको उपस्थितिमा बुधबार बसेको बैठकले बुटवलमा आम्दा इन्टरनेशनल मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । जसका लागि स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाइएको छ । जसको सदस्यमा आम्दा इन्टरनेशनलका प्रतिनिधि अर्चना जोशी, आम्दा नेपालका अध्यक्ष डाक्टर सुनु दुलाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल र आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा विनोद पराजुली सदस्य सचिव रहेका छन् ।

आम्दा इन्टरनेशनलको सहकार्यमा स्तरोन्नति भइरहेको अस्पताललाई थप व्यवस्थित गर्दै जनशक्ति उत्पादन र उपचारलाई सँगै अगाडि बढाउन मेडिकल कलेजका रुपमा अगाडि बढाउन लागिएको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले आम्दा अस्पताललाई यस क्षेत्रकै सुविधा सम्पन्न अस्पताल र स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने कलेजका रुपमा स्थापित गर्ने योजनाअनुसार काम भइरहेको बताए । उनले सोहीअनुसार अस्पताललाई मेडिकल कलेजका रुपमा स्तरोन्नति गर्नका लागि सम्भाव्यता अध्ययन गर्ने र बाँकी प्रक्रियाहरु पूरा गर्दै जाने गरी तयारी भएको बताए। उनले कार्यदलले अध्ययन गरी सबै विषयहरु अन्तरराष्ट्रिय सभामा पेश गर्ने बताए ।

बिज्ञापन

यस्तै बुधबार नै आम्दा इन्टरनेशनलका अध्यक्ष डाक्टर सुगेरु सुगानामीले आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको सेवा प्रवाहबारे अनुगमन गरेका छन् । आम्दा नेपालका अध्यक्ष डाक्टर सुनु दुलाल, आम्दा जापानका कार्यक्रम निर्देशक अर्चना जोशी र आम्दा नेपालका परियोजना निर्देशक सुरेश रेग्मी सहितको टोलीले अस्पतालको सेवाबारे अनुगमन गरेको हो। अनुगमनका क्रममा डाक्टर सुगेरुले अस्पतालले सेवा प्रदान गर्दै आएको प्रत्येक वार्डका इन्चार्ज, डाक्टर, नर्स र सेवाग्राहीसंग समेत प्रतिक्रिया लिएका थिए।

अनुगमनका क्रममा आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विनोद पराजुलीले अस्पतालको सेवा र अवस्थाबारे जानकारी गराएका थिए। डा सुगानामीले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेल्थ असिस्टेन्ट, नर्सिङ्ग र फार्मेसी डिप्लोमा अध्ययनरत विद्यार्थीहरुसंग कुराकानी गर्दै शैक्षिक एवं भौतिक अवस्थाबारे कुराकानी गरी अध्ययनलाई प्रभावकारी रुपमा लिदै राम्रो स्वास्थ्यकर्मी बन्न आग्रह गरे । एक सय सैयामा रहेको अस्पताललाई गतवर्षको जेठमा तिन सय बेडमा स्तरोन्नतिका लागि आम्दा इन्टरनेशनलसँग समझदारी भइ भवन निर्माणको काम अगाडी बढेको छ ।

आम्दा अस्पतालमा गतवर्षदेखि नर्सिङ, एचए र फार्मेसी बिषयमा डिप्लोमा तहको अधययन सुरु भएको छ । २०५३ सालमा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो । पचास शैयाबाट सुरु भएको अस्पतालमा हाल एक सय शैयामा रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन् टेलिकम बिलिङ प्रकरणमा मुद्दा नचल्ने व्यक्तिहरू

टेलिकमको ठेक्कामा व्यापक अनियमितता:- ३३ करोड ४८ लाखको भ्रष्टाचार

टेलिकमको बिलिङ ठेक्कामा भ्रष्टाचार आरोप : प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा

नेपाल टेलिकममा भ्रष्टाचार : प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध अख्तियारमा मुद्दा

कर्मचारीहरु कालोपट्टी बाँधेर काममा

संघीय निजामती सेवा ऐन जारी गर्न माग, कर्मचारीहरु कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

सार्वजनिक संस्थानमा मात्र ४५ सय बढी करार सेवाका कर्मचारी

संघीय निजामती सेवा ऐनको माग गर्दै निजामती कर्मचारी युनियनको आन्दोलन सुरु

बिशेष