८८ किलोमा उम्किएका बडू राजस्व अनुसन्धानको फन्दाम

राजश्व अनुसन्धान विभागले राजस्व छल्ने ७ जनाविरुद्ध साढे ३ करोड रुपैयाँ भन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

बिज्ञापन

विभागले प्रतिवादीहरू महाकाली नगरपालिका–३, दार्चुलाका ४७ वर्षीय गणेशदत्त बडू, बिर्तामोड–३, झापाका ३० वर्षीय दिनेश खरेल, अमोल विठ्ठल विभूते, ऋषिकेश प्रकाश विभूते, भरतराज खरेल र आयुष बड्डु तथा कानुनको विवादमा परेका एक बालकसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

बिज्ञापन

उनीहरुले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ विपरीत काम गरी ऐनको दफा ४ (छ) बमोजिमको कसुर गरेको पुष्टि भएको थियो । सोही कसुरमा ७ जनाविरुद्ध ३ करोड ५० लाख १५ हजार ५४१ बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये गणेशदक्त बडू ७ वर्षअघि ८८ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेको छुटेको व्यक्ति भएको खुलेको छ ।

बिज्ञापन

केरुङ नाकाबाट भित्रिएको सुनसँगै गाडी चालक मकवानपुरका गणेश अधिकारी पक्राउ परेका थिए । अनुसन्धानका क्रममा प्रहरीले ४ असाेज २०७४ मा बडूलाई पनि नियन्त्रणमा लियो ।बडू ५ लाख रुपैयाँ धरौटीमा छुटे ।

१९ भदौ २०७४ मा तत्कालीन काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको थियो । यतिधेरै सुन बरामद भएको त्यो पहिलो पटक थियो ।  भीआईपी लेखिएको स्टिकर टाँसिएको बा १७ च ६४२७ नम्बरको गाडीबाट ८८ किलो सुन बरामद गरेको थियो ।

प्रतिवादीहरूलाई ऐनको दफा २३ (१) बमोजिम जरिवाना तथा दफा २३ (१) (ख) बमोजिम कैद सजाय समेतको मागदावी गरी उच्च अदालत पाटनमा र काठमाडौँ जिल्ला अदालतमा अभियोग दायर गरिएको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

बिशेष