नेपालको प्रशासनिक इतिहासमा लीलादेवीको रेकर्ड ब्रेक :- बनिन पहिलो महिला मुख्यसचिव

नेपालको प्रशासनिक इतिहासमा लीलादेवी गड्तौलाले रेकर्ड ब्रेक गरेकी छिन् । बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्धा लागेर उनी निलम्बनमा परेसँगै निमित्त मुख्यसचिव कायम मुकायम मुख्यसचिव हुँदै उनी पहिलो महिला मुख्यसचिव बनेर रेकर्ड ब्रेक गरेकी हुन ।

बिज्ञापन

आज बसेको मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो पहिलोपटक हो । यस अघि केपी ओली सरकारले गड्तौलालाई निमित्त मुख्य सचिबाट कामु मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बिज्ञापन

गत असार ९ गते बैकुण्ठ अर्याललाई अन्तस्शुल्क प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि मुख्य सचिव पद रिक्त थियो । असार १० गतेदेखी प्रधानमन्त्री कार्यालयको बरिष्ठ सचिवको रुपमा गड्तौताले निमित्त मुख्य सचिवको जिम्मेवारी समाल्दै आएकी छन् ।

२०७७ साल कार्तिक २७ गते कानून समुह अन्तर्गत सचिवमा बढुवा भएकी गड्तौला निजामति प्रशासनको उच्च तहमा पुग्ने पहिलो महिला कर्मचारीका रुपमा रेकर्ड ब्रेक गरेकी हुन ।

बिज्ञापन

२०२३ साल भदौ १५ मा तेर्‍हथुममा जन्मेकी गड्तौलाको हालको ठेगाना सोलुखुम्बुको सल्यान हो । २०५२ सालमा न्याय सेवा अन्तर्गत कानुन समूहबाट शाखा अधिकृतबाट निजामती सेवामा पाइला राखेकी हुन र २९ बर्षको सरकारी सेवा पछि उनी निजामती सेवामा रेकर्ड राख्ने महिला बन्न सफल भएकी छिन् ।

शाखा अधिकृतमा पहिलो नम्बरमा उत्तिर्ण गड्तौला २०६३ मा उपसचिव, २०७० मा सहसचिव,२०७७ मा सचिव र २०८१ असार ३१ मा कामु मुख्यसचिव बनेकी हुन् । २०७७ कात्तिक २७ गतेदेखि उनी सचिवको रूपमा कार्यरत छिन्। कानुन समूहका प्रायः अधिकृत न्यायाधीशले बन्ने अवसर पाउँछन्। गड्तौलाले भने न्यायाधीशमा रूचि देखाइनन् । कानुनमा स्नातकोत्तरसम्म अध्ययन गरेकी उनी उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनेछिन् । उनी अबको करिब ३५ दिन मात्र उनी मुख्यसचिव रहनेछिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

बिशेष