२० हजार अमेरिकी डलर सहित आमाछोदिङमोका तामाङ पक्राउ

अबैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढी टिमुरेबाट २० हजार अमेरिकी डलर सहित एक जना पक्राउ परेका हुन् ।

बिज्ञापन

पक्राउ पर्नेमा रसुवा आमाछोदिङमो गाउँपालिका ५ पाजुङ बस्ने बर्ष २२ को नुर्पु तामाङ छन्। टिमुरेबाट रसुवागढी नाकातर्फ पैदल हिंडीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, सशस्त्र प्रहरी बल नेपाल टिमुरे र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले नियमित चेकजाँचको क्रममा उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

बिज्ञापन

पक्राउ परेका उनलाई राजश्व अनुसन्धानमा बुझाइएको प्रहरी नायव उपरीक्षक केशव भट्टराईले बताए । तामाङको साथबाट अमेरिकी डलर १०० को २ सय थान गरी २० हजार बरामद गरिएको प्रहरीले जनाएको छ । तामाङले कम्मरको भागमा सेतो रङको पेटी भित्र (फल्स बटम) बनाई लुकाई छिपाई राखेको थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष