हप्ता असुलेको आरोप लागेका डीएसपी श्रेष्ठको सरुवा, व्यापारीले दिए डीएसपी नै फेर्ने चेतावनी

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्रकुमार श्रेष्ठको सरुवा भएको छ । नियमित समयअघि नै गृहमन्त्रालयले उनको सरुवा गरिदिएको हो । केही दिनअघि मात्र श्रेष्ठविरुद्ध पोखराका केही पर्यटन व्यवसायीहरुले उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा उजुरी हालेका थिए ।

बिज्ञापन

श्रेष्ठले पदीय मर्यादा विपरीत प्रहरीको जनशक्ति नै दुरुपयोग गरेर पर्यटन व्यवसायीसँग पैसाल अशुल्दै आएको भन्दै उजुरी परेको हालेका थिए । ‘पोखराका पर्यटन व्यवसायीहरु’ नामबाट असार २७ गते लेखिएको उक्त बेनामे उजुरी असार ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरिएको बताइन्छ । प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालय गण्डकी बोधार्थ छ । उजुरीमा व्यवसायीहरुले डिएसपी श्रेष्ठलाई व्यवसायीहरूले प्रतिव्यक्ति मासिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म बुझाउने गरेको, पैसा माग्ने उद्देश्यले क्लब, डान्सबार, दोहोरी गेट र भित्रसम्मै चेकिङको नाममा आतंक मच्चाउने र पैसा नदिने व्यवसायीमाथि कारवाहीको नाटक गर्दै आएको लगायतका आरोप लगाइएको छ । यसबीचमा साउन ४ गते डिएसपी श्रेष्ठको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रधान कार्यालय अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा काज सरुवा गरेको हो । अब वडा प्रहरी कार्यालय बैदामको नेतृत्व डीएसपी सन्तोष निरौलाले गर्नेछन् । श्रेष्ठ र निरौलालाई परस्पर काज सरुवा गरिएको हो ।

बिज्ञापन

बैदामका डीएसपी श्रेष्ठलाई क्लब सञ्चालकका कारण त्यहाँबाट हटाइएको चर्चा छ । पोखरास्थित क्लब १६ का बाउन्सरविरुद्ध मुद्दा चलाएपछि त्यसका सञ्चालक ‘डीएसपी नै फेर्छु’ भनेर लागिपरेका थिए । गएको असार १५ गते बिहान ग्राहकमाथि कुटपिट गरिएपछि मुस्ताङका रिजन गौतम र पोखरा–१० का विवेक गुरुङलाई पक्रेर वडा प्रहरी कार्यालय बैदामले मुद्दा चलाएको थियो । क्लबका बाउन्सर रहेका उनीहरूले पोखरा–११ मा बस्दै आएका मुस्ताङका २१ वर्षीय आयुष थापामाथि कुटपिट गरेका थिए ।

बाउन्सरविरुद्ध मुद्दा चलाइएपछि क्लबका सञ्चालक रमेश कार्कीले प्रहरी प्रधान कार्यालय र अख्तियारमा उजुरी हालेर डीएसपीको सरुवाका निम्ति ‘लबिङ’ गरेको पोखराका व्यवसायीको आरोप छ । ‘पोखराका पर्यटन व्यवसायी’का नाममा गएको असार २७ गते अख्तियारमा उजुरी दिइएको थियो । बैदामका डीएसपीले मासिक रूपमा रकम असुलेको उजुरीमा आरोप लगाइएको छ । उक्त ‘बेनामे’ उजुरी रिसइबीका कारण बदनाम गर्न सोही क्लबले नै दिएको भन्दै डीएसपी श्रेष्ठले खण्डन गरेका थिए । त्यो उजुरीबारे पोखरा पर्यटन परिषद्ले विज्ञप्ति निकालेर आरोपको खण्डन गरेको छ । सोमबार पोखराका पर्यटनसम्बद्ध १५ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बिज्ञापन

तर, क्लब सञ्चालक पक्षबाट भने मिलापत्र भइसकेको घटना निहूँ बनाएर आयुष थापालाई जबजर्स्ती किटानी जाहेरी दिन लगाएर बाउन्सरहरू गौचन र गुरुङलाई थुनामा राखेको बताउँछ । कुटिएका थापालाई आफै जाहेरी दिन लगाएर बाउन्सरहरुलाई दुःख दिएको क्लब सञ्चालक पक्षको दाबी छ । ‘पोखराका पर्यटन व्यवसायीहरु’ नामबाट व्यवसायिक स्वार्थमा क्लबका सञ्चालक लागिपरेपछि पोखरामा आधिकारिक रुपमा सञ्चालित पर्यटन व्यवसायी सम्बद्ध संघसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद् र अन्य संघसंस्थाले यसरी आपत्ति जनाएका हुन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

अर्घाखाँचीका ट्रेड युनियनकर्मीद्धारा प्रमुख जिल्ला अधिकारीमार्फत सभामुखलाई १२ बुँदे ज्ञापन पत्र

बैंकका अध्यक्षलाई अख्तियारको सात दिने पूर्जी

बिशेष