‘कमिसन नदिएको’ भन्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले सचिवलाई दिए कुट्ने धम्की

कार्यकर्तालाई कमिसन दिन छिटो बजेट निकासा नगरेको भन्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएका छन् । पूर्वमुख्यमन्त्री कार्कीले आफूलाई शौचालयमा थुन्ने र कुटपिट गर्ने धम्की दिएको भन्दै प्रदेश सरकारका सचिवले प्रशासन गुहारेका छन्। सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार उजुरी दिँदै सुरक्षा मागेका छन्।

बिज्ञापन

उनले कानुनी कारवाहीको मागसमेत गरेका छन्। सचिव भट्टराईका अनुसार पूर्वमुख्यमन्त्री कार्कीले सोमबार साँझ ४ बजेर ५३ मिनेटमा आफूलाई फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएका हुन्।

बिज्ञापन

नेपाली कांग्रेसका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री कार्कीले टेलिफोनबाट धम्की दिएको भन्दै भट्टराईले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन समेत दिएका छन् ।विराट गोल्डकपका लागि मुख्यमन्त्री हुँदा घोषणा गरेको २५ लाख रकम सचिवले रोकेको भन्दै कार्की आफूमाथि खनिएको भट्टराईको भनाइ छ।

‘कुट्ने पिट्ने र शौचालयमा लगेर थुन्ने धम्की आयो, त्यसपछि मैले सुरक्षा माग गरेको हो, मलाई बेलुका ४ः५३ मा फोन आएको थियो, जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालयमा निवेदन दिएको छु,’ सचिव भट्टराईले भने, ‘पुरानो फाइललाई भुक्तानी दिन अर्थले सहमति दिएन, नदिएपछि त्यो रिस मलाई पोख्नु भएको होला उहाँले, अर्थ मन्त्रालयमा रोकिने कुरा त हामीलाई भन्नु भएन नि, कुरो बुझेर गर्नुपर्यो नि।’

बिज्ञापन

उनले एकपटक त कक्षाकोठामा पहिलो बेन्चमा बस्ने (फर्स्ट बेन्चर) साथी खरदार भएको र अन्तिम बेन्चमा बस्ने (लास्ट बेन्चर) आफू भने मुख्यमन्त्री भएको अभिव्यक्ति दिएका थिए ।

उनको सोही अभिव्यक्तिले राष्ट्रसेवक कर्मचारीलाई दुःखी बनाएको भन्दै नेपाल निजामती कर्मचारीको सङ्गठनले असन्तुष्टि जनाएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष