राजेन्द्रप्रसाद सापकोटाद्धारा टान अध्यक्षमा उम्मेदवारी घोषणा, सर्वसम्मत हुने सम्भावना

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)को आगामी अध्यक्षका लागि राजेन्द्र सापकोटालाई अघि सार्ने निर्णय गरेको छ । आज आइतबार बसेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको बैठकले टानको आगामी अध्यक्ष पदमा सापकोटालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो

बिज्ञापन

आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाले ठमेलमा पर्यटकीय होटल समेत संचालन गर्छन् । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य समेत रहिसकेका सापकोटाले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले स्थापना भएको नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायीलाई नोकरको रूपमा मात्र व्यवहार गरेको बताए ।

बिज्ञापन

पर्यटन क्षेत्रको प्रवर्द्धन कमजोर बन्दै गएको भन्दै उनले टानको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार बनेको बताए । उनले व्यवसायीलाई नोकरको व्यवहार गरेर पर्यटन बोर्ड साहु बन्ने गरेको भन्दै व्यवसायीको हितका लागि नेतृत्वमा आउन चाहेको बताए । सापकोटले भने, ‘टानको अस्तित्व निमट्यान्न हुने अवस्थामा पुगेको छ, निजी क्षेत्रबाट सञ्चालित टान र नेपाल पर्यटन बोर्डबीच सम्बन्ध यस्तै भइरहनु आम व्यवसायी र देशकै हितमा छैन । मालिक बनेर बोर्डले व्यवसायीलाई नोकर बनाउने भन्दा पनि सहकार्य गरेर प्रवर्द्धनात्मक काम अघि बढाउनु जरुरी छ ।’व्यवसायीले मेहनत गरेर पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बेचेर बोर्डलाई पैसा बुझाउनु पर्ने तर टिम्सको उदेश्य अनुसार बोर्डले कुनै काम नगरेका कारण हाल व्यवसायी र मजदुर पलायन हुने अवस्थामा पुगेको सापकोटाले बताए । एक हजार आठ सयभन्दा बढी पर्यटन व्यवसायीहरूको संलग्नता रहेको टान पछिल्लो समय विवादित बन्दै गएकाले संस्थागत हितबिना व्यवसाय अघि बढ्न नसक्ने र व्यावसाय बचाउन नसके पर्यटन क्षेत्र अघि नबढ्ने उनको भनाइ छ ।

सापकोटा नेपाली कांग्रेस र नेकपा एमाले निकटका व्यवसायीहरूको साझा उम्मेदवार हुने स्रोतले बताएको छ ।यसअघिको टानको निर्वाचनमा दुबै पार्टी निकटका पर्यटन संगठनहरूको बीचमा भएको सहमति अनुसार नै सापकोटा अध्यक्षको उम्मेदवार तय भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।