कानुन सचिव बन्ने दौडमा थिए अधिकारी

तीन वर्षसम्म राजनीतिक कोपभाजनमा परेर अन्यत्र सरुवा नपाएपछि नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भइसकेको र उनको ठाउँमा रक्षा मन्त्रालयका एक जना सहसचिवलाई बढुवा गरेर पठाउने तयारी गरेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जानकारी दिएको छ ।

बिज्ञापन

आगामी आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हदका कारण अवकाश जानुपर्ने अधिकारीले  पाँच महिना अघि नै राजीनामा दिएपछि आज बिदाइ  गरिएको हो ।  अधिकारी अहिले नेपाल कानून आयोगको सचिवको जिम्मेवारीमा थिए । उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गरेपछि आइतबार नै कानून आयोगले अधिकारीलाई औपचारिक कार्यक्रमकाबीच बिदाइ समेत गरेको आयोगले जनाएको छ ।

बिज्ञापन

२०७७ चैत ५ गते सचिवमा बढुवा भएका अधिकारीले झन्डै ३ वर्ष ४ महिना सचिव भएर काम गरे । यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोग र नेपाल कानुन आयोगमा सचिवको भूमिकामा निभाएका थिए । अधिकारी कानुन सचिव बन्ने दौडमा थिए । तर, पाएनन् । अधिकारीले मुख्यसचिव बैकुण्ठ अर्यालकै समयमा राजीनामा दिए पनि रोकेर राखिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

बिशेष