ओली सरकारको पहिलो निर्णय :-कीर्तिपुर क्रिकेट मैदानलाई रंगशाला बनाउने

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई रंगशाला बनाउने निर्णय गरेको छ ।

बिज्ञापन

चौथोपटक प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष ओलीसहित २२ मन्त्रीले सोमबार बिहान शपथ ग्रहण गरेका थिए । शपथ ग्रहणलगत्तै प्रधानमन्त्रीसहित मन्त्रीहरू मन्त्रालय पुगेर कार्यभार सम्हालेपछि मन्त्रिपरिषद् बैठक शुरू भएको थियो ।

बिज्ञापन

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३०० दिनको समयसीमाभित्र क्रिकेट रंगशाला बनाइसक्ने निर्णय गरेको छ ।

बैठकबारे जानकारी गराउँदै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओालीले भनेका छन्, ‘पहिलो निर्णय– क्रिकेट रंगशाला! कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्यारापिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ।’

बिज्ञापन

यस्तै सरकारले मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राख्ने अभ्यासलाई फेरि सुरु गर्ने भएको छ । त्यस्तै, सरकारको प्रवक्तामा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ तोकिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

बिशेष