भुवन केसीको ठाउँमा दिनेश डिसी

एकातिर चलचित्र विकास बोर्डमा नयाँ नेतृत्व नियुक्तिको समय नजिकिनु, अर्कोतिर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न लाग्नु । यी दुवै कुराले कलाकार दिनेश डिसी दंग छन् ।

बिज्ञापन

हालका बोर्ड अध्यक्ष भुवन केसीको दुई वर्षे कार्यकाल आगामी साउन ९ गतेबाट सकिंदैछ । अब बोर्ड अध्यक्ष को हुने रु यसको लागि विभिन्न कलाकारले आफूनिकट राजनीतिक दलका शीर्ष नेताहरुसँग लबिइङ गर्न थालिसकेका छन् । तर अरुले जति लबिइङ गरे पनि कलाकार डिसी नै बोर्ड अध्यक्ष बन्ने सम्भावना रहेको स्रोत बताउँछ ।

बिज्ञापन

डिसी एमाले अध्यक्ष ओलीका प्रिय पात्र हुन् । सामाजिक सञ्जालमा अध्यक्षको प्रशंसा गरिरहने उनी बालकोट पनि धाइरहन्छन् । यस्तो अवस्थामा ओली प्रधानमन्त्री बने बोर्ड अध्यक्षमा डिसीले बाजी मार्ने धेरैको अनुमान छ ।

‘हुन त यो सरकारले नियुक्त गर्ने कुरा हो, तर ओलीजी प्रधानमन्त्री बन्नुभयो भने उहाँ (डिसी) नै पक्का हो,अरुले त यसै रहर मात्र गरेका हु्न्’,जानकार स्रोतले बतायो ।

बिज्ञापन

त्यसो त,अहिलेका बोर्ड अध्यक्ष केसीले पनि दोहोरिने इच्छा व्यक्त गरिरहेका छन् । तर,यो कार्यकालमा अनेक विवादित निर्णय गरेका उनलाई दोहोरिन सहज नरहेको बताइन्छ ।

विदेशका अनावश्यक कार्यक्रमका लागि बजेट विनियोजन गरेको,चलचित्र क्षेत्रको नाम सिनेमाण्डु राखेकोजस्ता विवादास्पद निर्णयमा अध्यक्ष केसीप्रति सो क्षेत्रका अगुवाहरु रुष्ट छन् । त्यस्तै, बक्स अफिस कलेक्सन,चलचित्रको प्रदर्शन र सेन्सरसीप,हलमा शो वितरणलगायत उनले गरेका दर्जनौं निर्णय पनि विवादित छ भनिन्छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

बिशेष