भुवन केसीको ठाउँमा दिनेश डिसी

एकातिर चलचित्र विकास बोर्डमा नयाँ नेतृत्व नियुक्तिको समय नजिकिनु, अर्कोतिर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न लाग्नु । यी दुवै कुराले कलाकार दिनेश डिसी दंग छन् ।

बिज्ञापन

हालका बोर्ड अध्यक्ष भुवन केसीको दुई वर्षे कार्यकाल आगामी साउन ९ गतेबाट सकिंदैछ । अब बोर्ड अध्यक्ष को हुने रु यसको लागि विभिन्न कलाकारले आफूनिकट राजनीतिक दलका शीर्ष नेताहरुसँग लबिइङ गर्न थालिसकेका छन् । तर अरुले जति लबिइङ गरे पनि कलाकार डिसी नै बोर्ड अध्यक्ष बन्ने सम्भावना रहेको स्रोत बताउँछ ।

बिज्ञापन

डिसी एमाले अध्यक्ष ओलीका प्रिय पात्र हुन् । सामाजिक सञ्जालमा अध्यक्षको प्रशंसा गरिरहने उनी बालकोट पनि धाइरहन्छन् । यस्तो अवस्थामा ओली प्रधानमन्त्री बने बोर्ड अध्यक्षमा डिसीले बाजी मार्ने धेरैको अनुमान छ ।

‘हुन त यो सरकारले नियुक्त गर्ने कुरा हो, तर ओलीजी प्रधानमन्त्री बन्नुभयो भने उहाँ (डिसी) नै पक्का हो,अरुले त यसै रहर मात्र गरेका हु्न्’,जानकार स्रोतले बतायो ।

बिज्ञापन

त्यसो त,अहिलेका बोर्ड अध्यक्ष केसीले पनि दोहोरिने इच्छा व्यक्त गरिरहेका छन् । तर,यो कार्यकालमा अनेक विवादित निर्णय गरेका उनलाई दोहोरिन सहज नरहेको बताइन्छ ।

विदेशका अनावश्यक कार्यक्रमका लागि बजेट विनियोजन गरेको,चलचित्र क्षेत्रको नाम सिनेमाण्डु राखेकोजस्ता विवादास्पद निर्णयमा अध्यक्ष केसीप्रति सो क्षेत्रका अगुवाहरु रुष्ट छन् । त्यस्तै, बक्स अफिस कलेक्सन,चलचित्रको प्रदर्शन र सेन्सरसीप,हलमा शो वितरणलगायत उनले गरेका दर्जनौं निर्णय पनि विवादित छ भनिन्छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

म्यान्डेट बिर्सिएर अर्थहीन काममा अल्झिरहेछ सुशीला सरकार

डिजिटल नापीको युग : प्राविधिक दक्षता, पारदर्शिता र नागरिक सुविधा तर्फको अग्रसरता

अब को होला २९ औं मुख्य सचिव ?

सिंहदरबारभित्रै ६७० सवारी खरानी,कौडीको भाउमा बेच्ने तयारी

जेनजीको राजमा पनि रोकिएन कर्मचारी सरुवामा विकृती : कसैलाई माथैमाथ,केहीको पुर्पुरोमा हात

चार महिनामा ३२ उपलब्धि : सल्यानका प्रजिअ नेत्रप्रसाद सुवेदीले देखाए प्रशासनिक नेतृत्वको नमुना

‘तपाईलाई मन्त्री बन्न नदिन ठूलै शक्ति लागेको छ’

फेरिए दुई विभागका महानिर्देशक

बिशेष