मेयर र प्रमुख प्रशासकीय अधिकृतसँग जनप्रतिनिधि ‘फायर’,कार्यकक्षमा ठोके ताला

नगरपालिकाको मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा अनियमितता भएको आरोप लगाउँदै वडा अध्यक्षहरुले उनीहरुको कार्यकक्षमा ताला लगाइदिएका छन् ।
प्रंसग हो, देवदह नगरपालिकाको ।सो पालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा आर्थिक अनियमितता चुलिएको भन्दै नगरपालिकाकाका ८ वटा वडाका वडाध्यक्षले सामुहिक रुपमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला ठोकेका हुन ।

बिज्ञापन

सो पालिकाको मेयरमा ध्रुवप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा कार्यरत छन् । उनीहरुले दुबैको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । तालाबन्दीमा उत्रने जनप्रतिनिधिहरुमा डा नं १ का वडा अध्यक्ष दीपक नेपाल, वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्याल, वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, वडा नं ९ का वडा अध्यक्ष मोहनबहादुर जिसी, वडा नं १० का वडा अध्यक्ष यक बहादुर सुनार, वडा नं ११ का वडा अध्यक्ष दूधनाथ यादव र वडा नं १२ का वडा अध्यक्ष डेग बहादुर सारू सहित १५ जना रहेका छन् ।

बिज्ञापन

उनीहरुको मिलेमतोमा योजनामा अपारदर्शी तरिकाले सम्झौता गरी भुक्तानी गरिएको, नगर प्रमुखले आफ्नो कुल मन्दिरमा रकम विनियोजन गर्दा वडाको सहमति नलिएको, वडा नं ८ मा नदीजन्य पदार्थको अवैध चोरी तस्करी गर्ने ट्याक्टर, एक्साभेटरलाई नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा राजश्व नलिई छाडिएको आरोृप लगाइएको छ ।
यस्का अलवा सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन नमानेको, शिक्षक तथा कर्मचारी नियुक्ति अपारदर्शी भएको, कार्यपालिकाको निर्णय बिना नगर प्रमुखले तोक आदेशको भरमा विभिन्न शीर्षकमा रकम बाँडेको वडाध्यक्षहरुको आरोप छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

बिशेष