‘निम्सदाइ’ :-बदनामीमा समेत उस्तै कीर्तिमानी

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ले विश्वका आठ हजार मिटरभन्दा अग्ला शिखर आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् । नेपाली नयाँ वर्षकै दिन उनले आठ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर एकैजनाले धेरैपटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन् ।यस्ता कीर्तिमानी निर्मल पूर्जा गलत काममा समेत एक पछाडि अर्काे रेकर्ड राख्दै छन् ।

बिज्ञापन

यीनै कीर्तिमानी निर्मल पूर्जाको यही बीचमा विदेशी नागरिकसँगको यौनकाण्ड, दोहोरो नागरिकता प्रकरण, भाडामा बसेको घरै जलाइदिएका विवाद छरपष्ट भइसकेका थिए । हालैमात्र उनको अर्को बदमासी उपर छानबिन  गरी पर्यटन विभागले कारवाहीका लागि भन्दै संष्कृति पर्यटन मन्त्रालयमा फाइल पठाएको छ ।

बिज्ञापन

विश्वका १४ वटा उच्च हिमाल आरोहण गरेर कीर्तिमान राखेका पुर्जाले गत १३ जेठमा सगरमाथा आरोहणको क्रममा आफैंले डोरी काटेर सामाजिक सञ्जाल इन्स्ट्राग्राममा भिडियो पोष्ट गरे । उक्त भिडियोमा बाल्कोनी र साउथ समिटबीचको भाग काटिएको र आरोहणमा समस्या भएको दाबी गरिएको छ । ‘टाँगिएको डोरी बाल्कोनी र साउथ समिटबीचको भाग काटियो, जसले गर्दा आरोहणमा समस्या भयो ।’ उक्त सन्देश क्षणभरमै भाइरल भयो । अनि, आरोहणको तयारी गर्दै आधार शिविरमा रहेका मात्र होइन, क्याम्प टुसम्म पुगेकाहरु पनि तनावमा फसे । उनले सोही कारण आरोहीहरु फिर्ता हुनुपरेको उदाहरणसमेत दिए ।

पुर्जाले आरोप लगाएलगत्तै अर्थात् १३ जेठको १२ बजेर ४५ मीनेटमा पायोनियर एड्भेञ्चर प्रालिको टोलीले सफल आरोहण गरेको थियो । पर्वतारोही र पर्यटन विभागले पुर्जाको उक्त दावीप्रति विज्ञप्ति निकालेर आपत्ति जनायो, १४ जेठमा । पुर्जामाथि कारवाही माग गर्दै पर्वतारोहण सञ्चालक संघले कारवाहीको माग गर्‍यो । शेर्पाहरूले आपत्ति जनाउँदै छानबिनको माग गरे । यसपछि विभागले महानिर्देशक रुद्रप्रसाद पण्डितको नेतृत्वमा समिति बनायो । उक्त समितिले दुई पटक स्पष्टीकरण सोध्यो । चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि प्रहरीसामु बयान गरायो । अनुसन्धानबाट शेर्पाहरूले नभई निम्स पुर्जा आफैँले काटेको पत्ता लागेको छ । विभागले उनलाई पर्वतारोहणमै बन्देज लगाउने गरी सिफारिस गरेको भए पनि उक्त फाइल अगाडि बढाउनबाट रोक्नका लागि पुर्जाले शक्तिकेन्द्र प्रयोग गरिरहेका छन् ।

बिज्ञापन

पर्वतारोहीहरूका अनुसार उनकै लहैलहैमा लाग्दा एक जना क्याप्टेनले जागिरबाट हात धुनुपरेको छ । सगरमाथाको बेस क्याम्प (क्याम्प टु) मा परमिट नलिई हेलिकप्टर लैजान निषेध छ तर पुर्जाले जबर्जस्ती लैजाँदा ती पाइलट निलम्बित छन् । केही वर्षअघि आमदब्लम हिमाल आरोहणका क्रममा पुर्जाले कुवेतको झण्डा फहराएको विषयसमेत विवादित बन्न पुगेको थियो ।

डेढ वर्षदेखि कपनमा टंक घिसिङको घर भाडामा लिएर एलाइट्स एक्सपिडिसन सञ्चालन गर्दै आएका थिए । त्यहाँ हिमाल आरोहणका क्रममा प्रयोग हुने अक्सिजन ग्यासलगायत संवेदनशील सामग्री थिए । उक्त सामग्री बिष्फोट हुँदा कामदारको ज्यान गयो । घर पूर्णतः क्षतिग्रस्त ।

पीडित पक्ष न्याय खोज्दै काठमाडौँ जिल्ला अदालत पुग्यो । अदालतले पुर्जालाई साढे दुई करोड क्षतिपूर्ति र २० महिनाको घरभाडा १५ दिनभित्र भराउन आदेश दिए पनि आलटाल गर्दै आएका छन् । नेपालको कानुनमा दोहोरो राहदानी प्रतिबन्धित छ तर रवि लामिछानेलाई माथ खुवाउने गरी ०१२ जुन २८ मा बेलायती पासपोर्ट बनाएको र उक्त पासपोर्ट निष्क्रिय नपारी ०१६ मार्च १५ मा नेपाली पासपोर्टसमेत निकालेको समेत उनलाई चिन्ने र जान्नेहरूले बताएका छन् ।

पुख्र्यौली घर म्याग्दी भएका यिनलाई जोगाउन माओवादी सांसद सुरेश आलेमगर र कल्पना मियाँले संसदमै अभिव्यक्ति दिएको भिडियो हेर्न सकिन्छ । यस्तै सोनाम लाक्पा शेर्पाले केपी ओलीलाई भेटेरै निर्मल पुर्जालाई जोगाउन पहल गरिरहेका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनलाई पछ्याउनेको संख्या १ लाख ३४ हजार छ । कसैलाई फलो नगर्ने उनले गंगा दाहाल, नेपाल प्रेससहित आफ्नै कम्पनीका तीन वटा एकाउण्ट मात्रै फलो गरेको देखिन्छ । शेर्पाहरूले भने निम्सलाई कम्तीमा दश वर्ष नेपालका हिमाल आरोहणमा प्रतिबन्ध लगाउने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रतिनिधिसभाले हटाएको सहसचिवमा खुला प्रतिस्पर्धा राष्ट्रिय सभाको समितिले उल्टायो

उच्च प्रशासकहरुको राजीनामाको लहर : जागिरबाटै विरक्ति कि अर्काे नियुक्तिको तयारी ?

ओली सरकारको वैद्यानिकता विवाद :अदालतले माग्यो तीन कागजात

६ उपसचिवको सरुवा,तीनलाई सहायक प्रजिअको जिम्मेवारी

निजामती विधेयकमा विधायन समितिमा दफावार छलफल हुँदै,१७ भदौंभित्र पारित होला ?

धर्म प्रचार प्रसार गर्ने विदेशी नागरिक अध्यागमनको हिरासतमा

विचौलियाले चलाउँछन्,सिंहदरबारका कर्मचारी

मुख्य सचिवका प्रवल दावेदार सुवेदीले चार महिना अगावै दिए राजीनामा

बिशेष