हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड हेमजा शाखा द्धारा घातक रोग बापतको दावी रकम भुक्तानी गरेको छ । हेमजा शाखा प्रमुख शेर बहादुर बोटे सहितको टोलिले शाखामा रु ४ लाख ७६ हजार २ सय बीस रुपैयाँ बरावरको चेक बीमितलाई हस्तान्तरण गरेको हो ।
चार वर्ष अगाडि साविक यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा घातक रोग उपचार सुविधा लिनुभएका पोखरा २५ निवासी भेष बहादुर कुँवर लाई घातक रोग अन्तर्गतको उपचार खर्च उपलब्ध गराइएको हो ।
कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर सन्जु कुमारी शर्मा , तिर्थ थापा र तिर्थ बहादुर खड्का लगाएतको उपस्थिति रहेको थियो । कुँवरले अन्य कम्पनीमा पनि बीमा गराएको तर घातक रोग बापतको सुविधा नलिएको तर यस हिमालयन लाइफमा उक्त सुविधा लिएकाले उक्त भुक्तानी बापत राहत महसुस गरि खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

























