मकवानपुरका १६ विद्यालयमा एसईई नतिजा शून्य

मकवानपुर जिल्लाको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चिन्ताजनक स्थिति देखिएको छ। जिल्लाका १६ वटा विद्यालयहरूमा एसईई नतिजा शून्य रहेको छ, जसमध्ये अधिकांश ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरू रहेका छन्।

बिज्ञापन

विशेष गरी, कैलाश गाउँपालिकाको स्थिति गम्भीर देखिएको छ। यहाँका एक सय ९९ विद्यार्थीमध्ये केवल ११ जना मात्र उत्तीर्ण भएका छन्। कालीदेवी माविर र रत्न ज्योती माविमा त एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।

बिज्ञापन

जिल्लाका ९ वटा पालिकाका १५ वटा सामुदायिक माध्यमिक विद्यालय र हेटौंडा उपमहानगरपालिकाको एक संस्थागत विद्यालयको नतिजा शून्य आएको छ। यस्तो परिणामले ग्रामीण क्षेत्रमा संचालित ११ कक्षाको पढाईमा समेत असर पर्ने देखिएको छ।

समग्रमा, मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ५,७५२ परीक्षार्थीमध्ये २,०९८ जना (३६.४७ प्रतिशत) मात्र ११ कक्षा भर्ना हुन योग्य भएका छन्। यो तथ्यांकले जिल्लाको शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्ने आवश्यकता रहेको देखाउँछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

क्यानको महानिर्देशक बन्न मन्त्रालयका सहसचिवदेखि क्यानकै उपमहानिर्देशक प्रतिष्प्रर्धामा

साइबर बुलिङमा परेका उपसचिवलाई साता दिनपछि राहत

ट्रेड युनियन खारेजीको निर्णय अमान्य,कानुनी लडाइँ लड्ने तयारी

ट्रेड युनियन अधिकार कटौती प्रति कर्मचारी संगठनहरूको कडा आपत्ति, आन्दोलनको चेतावनी

पर्यटन मन्त्रालयका ३३ पदाधिकारी पदमुक्त

ऊर्जा मन्त्रालयका उच्च पदाधिकारी एकैपटक पदमुक्त, अध्यादेशपछि व्यापक प्रभाव

सम्पत्ति शुद्धीकरणको राडारमा सीईओ,सञ्चालक समितिले गर्यो पदमुक्त

प्रदेश मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा

बिशेष