एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको हवाई टिकटमा आकर्षक छुट पाउने

एनएमबि बैंकले विश्वकै अग्रेणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्ना ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिदगर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बिज्ञापन

छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा,  ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्नेछ । यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूलेथप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउनेछन् ।

बिज्ञापन

एनएमबि बैंक विगत २८ वर्ष देखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रेणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष