घुस काण्डमा मुछिएका सहसचिवको रविको मन्त्रालयमा ‘इन्ट्री’

 

बिज्ञापन

काठमाडौ । निजामती प्रशासनकै सर्वाधिक विवादास्पदमध्ये एक सहसचिवलाई गृह मन्त्री रवि लामिछानेले आफ्नो मन्त्रालयमा भित्राएका छन् । अनेक काण्डमा परेका सहसचिव लालबाबु कवारीलाई गृहमा सरुवा गरिएको हो ।सिराहामा जग्गासम्बन्धीको विषयमा बिचौलियामार्फत घुस बार्गेनिङ गरेको आरोप उनीमाथि लागेको छ ।

बिज्ञापन

कवारी २३ मंसिर ०७८ मा सिराहाको सिडिओ बनेर गएका थिए । मधेसमा एक समय भूमिगत रूपमा सशस्त्र गतिविधि चलाएको ‘गोइत समूह’ले कब्जा गरेको जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता दिन बिचौलियामार्फत बार्गेनिङ गरेको उजुरी उनीमाथि परेको हो ।त्यतो त उपसचिव कवारीको यसअघिको ‘ट्र्याक रेकर्ड’ पनि राम्रो छैन । यसअघि काठमाडौं जिल्ला प्रशासन, हज समिति, कम्पनी रजिस्ट्रार कार्यालयलगायतमा हुँदा उनी विवादित थिए । कम्पनी रजिस्ट्रार कार्यालयका उपरजिस्ट्रार हुँदा २० लाख घुस लिएको अभियोगमा कवारीसहित चार्टर्ड एकाउन्टेन्ट भानु कँडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

चितवन मेडिकल कलेजमा सेयर विवादमा सञ्चालकसँग घुस लिएको आरोपमा कवारी र कँडेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । यस मुद्दामा विशेष अदालतले ठहर गरे पनि सर्वोच्चले फैसला उल्ट्याएर दुवैलाई सफाइ दिएको थियो । सिराहामा पनि उनको कार्यसम्पादन राम्रो नभएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

बिज्ञापन

तर, चलखेलका आधारमा कवारीले छानविन प्रभावित पारे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत भनसुनका आधारमा अनुसन्धान रोकाएका थिए ।तीनै कवारी सिडिओ बन्नका लागि फेरि गृह मन्त्रालय आएपछि मन्त्रालयकै कर्मचारीहरु अचम्मित भएका छन् । सुशासनका चर्का गर्ने गृहमन्त्री लामिछाने यस्ता विवादास्पद कर्मचारीलाई भित्राएपछि उनको नियतमाथि प्रश्न उठेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रचण्ड भन्दा ओलीको सचिवालयको खर्च २ करोडले कम

अब पूर्व योग्यता परीक्षा पास गरेपछि मात्र खरिदारको परीक्षा दिन पाइने

रन्जिताले दिइनन् स्पष्टीकरण

नेपाल इन्भेष्टमेन्टबैंकविरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा,१५ संघ-संस्थाको एक्येवद्धता

ओरिएन्टेशन तालिम प्रदायक १८ संस्थालाई वैदेशिक रोजगार विभागको स्पष्टीकरण

अनसनमा बसेका मेयरसँग छलफल गर्न सहसचिव नेतृत्वको सरकारी टोली पुग्यो माइतीघर

बागमतीमा ३ मन्त्री नियुक्त, लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

मनिराजले शहर छोडेको खबर अब म्युजिक भिडियोमा

बिशेष