घुस काण्डमा मुछिएका सहसचिवको रविको मन्त्रालयमा ‘इन्ट्री’

 

बिज्ञापन

काठमाडौ । निजामती प्रशासनकै सर्वाधिक विवादास्पदमध्ये एक सहसचिवलाई गृह मन्त्री रवि लामिछानेले आफ्नो मन्त्रालयमा भित्राएका छन् । अनेक काण्डमा परेका सहसचिव लालबाबु कवारीलाई गृहमा सरुवा गरिएको हो ।सिराहामा जग्गासम्बन्धीको विषयमा बिचौलियामार्फत घुस बार्गेनिङ गरेको आरोप उनीमाथि लागेको छ ।

बिज्ञापन

कवारी २३ मंसिर ०७८ मा सिराहाको सिडिओ बनेर गएका थिए । मधेसमा एक समय भूमिगत रूपमा सशस्त्र गतिविधि चलाएको ‘गोइत समूह’ले कब्जा गरेको जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता दिन बिचौलियामार्फत बार्गेनिङ गरेको उजुरी उनीमाथि परेको हो ।त्यतो त उपसचिव कवारीको यसअघिको ‘ट्र्याक रेकर्ड’ पनि राम्रो छैन । यसअघि काठमाडौं जिल्ला प्रशासन, हज समिति, कम्पनी रजिस्ट्रार कार्यालयलगायतमा हुँदा उनी विवादित थिए । कम्पनी रजिस्ट्रार कार्यालयका उपरजिस्ट्रार हुँदा २० लाख घुस लिएको अभियोगमा कवारीसहित चार्टर्ड एकाउन्टेन्ट भानु कँडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

चितवन मेडिकल कलेजमा सेयर विवादमा सञ्चालकसँग घुस लिएको आरोपमा कवारी र कँडेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । यस मुद्दामा विशेष अदालतले ठहर गरे पनि सर्वोच्चले फैसला उल्ट्याएर दुवैलाई सफाइ दिएको थियो । सिराहामा पनि उनको कार्यसम्पादन राम्रो नभएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

बिज्ञापन

तर, चलखेलका आधारमा कवारीले छानविन प्रभावित पारे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत भनसुनका आधारमा अनुसन्धान रोकाएका थिए ।तीनै कवारी सिडिओ बन्नका लागि फेरि गृह मन्त्रालय आएपछि मन्त्रालयकै कर्मचारीहरु अचम्मित भएका छन् । सुशासनका चर्का गर्ने गृहमन्त्री लामिछाने यस्ता विवादास्पद कर्मचारीलाई भित्राएपछि उनको नियतमाथि प्रश्न उठेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष